Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा २६ टिपर, तीन डोजर बरामद – Gaule Khabar

नवलपरासीमा २६ टिपर, तीन डोजर बरामद

नवलपरासीमा २६ टिपर, तीन डोजर बरामद

कावासोती, मंसिर २६–

नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा अवैधरुपमा खोलाजन्य सामग्रीको उत्खनन् र निकासी गरिरहेको अवस्थामा शनिबार २६ टिपर, तीन जेसिवी बरामद गरिएको छ ।

खोलामा अवैध व्यापक गुनासो बढेपछि स्थानीय विकास अधिकारी जीवलाल भुसालसहितको टोलीले खोलाको अवलोकन गर्दा खोलामा भेटिएका २६ टिपर, तीन ट्याक्टर र तीनवटा डोजर बरामद गरेको हो । बरामद गरिएका सबै साधनलाई इलाका प्रहरी कार्यालय कावासोतीमा राखिएको छ ।

स्मृति निर्माण सेवाले खोलाको दोहन गरेको गुनासो बढेपछि स्थानीय विकास अधिकारी भुसाल नै कारबाहीका लागि खोलामा पुग्नुभएको थियो ।

केरुङ्गे खोलाबाट मात्रै झन्डै रु १५ करोडको ढुङ्गा, गिट्टी, बालुवा अवैधरुपमा बाहिरिएको स्थानीयवासीले बताएका छन् । जिविसले तीन वर्षदेखि खोलाको ठेक्का नलगाउँदा पुरानो ठेक्काको आडमा ठेकेदारले ती सामग्री उठाउँदै आएको हो । केरुङ्गे खोलाको ३५ किलोमिटर क्षेत्रमा डोजर लगाएर खोला गहिरो बनाउने काम भएको छ ।

खोलाको अनुगमनका स्थानीय विकास अधिकारी जीवलाल भुसाल, योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थी, जिप्रकाका प्रशासकीय अधिकृत बलराम अर्याल, सेक्टर वन कार्यालयका कर्मचारीलगायतको सहभागिता रहेको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका