भवानी क्याम्पसको बन्यो नयाँ भवन, मन्त्री पाण्डेद्धारा उद्घाटन

भवानी क्याम्पसको बन्यो नयाँ भवन, मन्त्री पाण्डेद्धारा उद्घाटन

गोरखा, मंसिर २५–

स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज गोरखाको पालुङटारस्थित भवानी बहुमुखी क्याम्पस भवनको उद्घाटन गर्नुभयो ।

शान्ति मन्त्रालय, जिल्ला विकास समिति, पालुङटार नगरपालिकालगायत कार्यालयबाट प्राप्त भएको रु ४० लाख बजेटले आठकोठे भवन निर्माण भएको हो । ‘गोरखा भूकम्प’ले क्याम्पस भवनमा क्षति पुर्याएपछि विद्यार्थी टहरामा बसेर पढ्न बाध्य थिए ।

भवन हस्तान्तरण कार्यक्रममा सो क्याम्पसका ६८ जना सेयर लगानीकर्तालाई सम्मान गरिएको छ । भूकम्पले क्षति पु¥याएका संरचनाको पुनःनिर्माण सरकारको प्राथमिकतामा रहेका मन्त्री पाण्डेले बताउनुभयो । गोरखाको क्षेत्र नं २ का विभिन्न गाउँमा आयोजित कार्यक्रममा समेत मन्त्री पाण्डे सहभागी हुनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ