Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग – Gaule Khabar

चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

चितवन, मंसिर २५–

रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरिएको छ । अध्ययनको लागि अष्ट्रेलियामा रहेका चितवनका साई उज्जवल कोइरालाले केन्द्रलाई खाद्यान्न सहयोग गरेका हुन् ।

११ वर्षीय कोइरालाले केन्द्रमा आश्रित बालबालिकाहरुलाई ५५ बोरा चामल, ८ बोरा दाल र ५ बोरा स्यविन सहयोग गरेका हुन् । दिदीसंग अष्ट्रेलियामा अध्ययनको लागि गएका कोइरालाले युरोपियन मुलुकहरु भ्रमण रद्द गरेर त्यहाँ हुने खर्च मध्येको रकमबाट बालबालिकालाई खाद्यान्न सहयोग गरेका हुन् । साई उज्जवलका बुबा प्रकाश कोइराला र आमा सरिता कोइराला कतारमा रहेका छन् । केन्द्रका सल्लाहाकार तथा लामो समय सम्म कतारमा रहेरै पत्रकारिता गरिरहेका पत्रकार रवि रोषीको पहलमा कोइराला परिवारले केन्द्रलाई सो सहयोग गरेका हुन् । केन्द्रमा शनिबार आयोजित एक कार्यक्रममा साई उज्जवलका हजरबुवा तीर्थराज कोइरालाले बालबालिकाहरुलाई खाद्यान्न सहस्तान्तरण गरेका थिए ।

त्यसैगरी नारायणी मोटर्सका सञ्चालक वालगोपाल चुके र उनकी धर्मपत्नी अनुषा चुकेले पनि केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् । चुके परिवारले १० कार्टुन तेल, १० किलो मसला,१० बोरा मस्यौरा, ४ बोरा केराउ, २ किलो बेसार, १ बोरा आलु, २ बोरा प्याज, १५ बोरा भूजा र १ बोरा नुन सहयोग गरेको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिए । केन्द्रमा १२५ जना चेपाङ बालबालिका आश्रित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका