Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत, यस्तो उदाहरणीय काम गरिन् उनले – Gaule Khabar

नेपालकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत, यस्तो उदाहरणीय काम गरिन् उनले

नेपालकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत, यस्तो उदाहरणीय काम गरिन् उनले

काठमाडौँ, मङ्सिर २५ –

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गर्नुभएकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत हुनुभएको छ ।

कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् । बस्नेतसँगै सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राक समेत मनोनयन हुनुभएको छ ।

सिएनएन हिरो बनाउन आज र भोलि (आइतबार) cnnhero.com मा गएर मत दिन सकिने काठमाडौँमा मत अभियान चलाइरहनुभएका युवा अभियानकर्मी गौरव कँडेलले बताउनुभयो । नेपाली समय अनुसार यही मङ्सिर २७ गते बिहान ८ बजे सिएनएन सुपर हिरोबारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका