संविधान संशोधन प्रस्ताव सच्याउनु पर्छ : डा.बाबुराम भट्टराई

संविधान संशोधन प्रस्ताव सच्याउनु पर्छ : डा.बाबुराम भट्टराई

हेटौँडा,मंसिर २५ –

नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव सच्याउनुपर्ने बताएका छन् ।

आज हेटौँडामा प्रेस सोसाईटी मकवानपुरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संसदमा पेश गरेको संविधान संशोधनले सबै क्षेत्रको पहिचान सुनिशिचत नगरेको भन्दै संशोधन प्रस्तावलाई सच्याएर अहिलेको गतिरोधलाई अन्त्य गर्नुपर्ने बताए । कुनै पनि अध्ययन नगरि गरिएको प्रस्तावले जनता भिडाउने काम भएको बताउँदै भट्राईले गतिरोध अन्त्यको लागि संशोधन प्रस्ताव सच्याउँदै संसद मार्फत समस्याको समधान निकाल्नुपर्ने बताए ।

नेपाल बहुजाति पहिचान भएको मलुक रहेको बताउँदै उनले सबै जातीय पहिचान सहितको संघियता आवश्यक रहेको बताए । नेपालमा पछि आएको मानिसहरुले पछि आएका मानिसहरुले आदिवासीहरुको अधिकारलाई दिन्न भन्न खोज्नु असुहाउँदो रहेको भन्दै मधेश वाहुल्य तथा थारु वाहुल्य क्षेत्रलाई भिन्ना भिन्नै प्रदेश बनाउँनुपर्ने बताए ।पत्रकारहरुसँगको कुराकानीमा उनले अवको एक वर्ष भित्रमा एकै पटक तिनवटा तहको निर्वाचन गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ