Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन प्रस्ताव फेल भएपनि सरकार छाड्दैनौंः माओवादी नेता सापकोटा – Gaule Khabar

संविधान संशोधन प्रस्ताव फेल भएपनि सरकार छाड्दैनौंः माओवादी नेता सापकोटा

संविधान संशोधन प्रस्ताव फेल भएपनि सरकार छाड्दैनौंः माओवादी नेता सापकोटा

चितवन मंसिर,२५-

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने बताउनुभएको छ ।प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मधेसी, आदिवासी, थारुलगायतका मागलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको हुँदा फिर्ता नहुने दोहोर्याउनु भयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहितको सहमतिमा ती समुदायको माग अनुसार संविधान संशोधन गर्न दिएको प्रतिबद्धता अनुसार नै संशोधन प्रस्ताव पेस भएको उहाँले स्पष्ट पार्नुभयो । संविधान संशोधन हुन नसकेमा पनि सरकारबाट पार्टी नबाहिरिने बताउँदै उहाँले अहिले सरकारले निर्वाचन गराउने कुरामा केन्द्रित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “अब निर्वाचनतर्फ जानुपर्छ, जसले गर्दा संविधान कार्यान्वयन हुन्छ ।” ५ नं प्रदेशमा भइरहेको आन्दोलनप्रति इङ्गित गर्दै उहाँले सो आन्दोलनमा बाह्य चलखेल र घुसपैठ भएको हुँदा राष्ट्रवादी नेपाली सचेत हुनुपर्ने बताउनुभयो ।

कसैको इसारामा संविधान संशोधन प्रस्ताव पेस नभएको भन्दै उहाँले भारतीय दूतावासले हत्तपत्त प्रतिक्रिया दिएर पार्टीलाई भारतप्रस्त जस्तो देखाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । एक प्रश्नमा उहाँले कसैको इसारामा यो काम नभएकाले जिम्मेवार पत्रकारले प्रष्ट हुन आवश्यक रहेको बताउनुभयो ।

अर्का एक प्रश्नमा जटिल, पेचिलो र नगरी नहुने काम सङ्घीयता भएकाले यसबाट पछि नहट्ने पार्टीको अडान रहेको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका