Gaule Khabar
सोमवार, साउन २३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

ट्याक्टरको ठक्करबाट किशोरीको घटनास्थलमै मृत्यु

  • admin
  • शुक्रबार, मंसिर २४, २०७३
ट्याक्टरको ठक्करबाट किशोरीको घटनास्थलमै मृत्यु

मोरङ(उर्लाबारी ) मंसिर २४ –

मोरङको कदमाहा– २ स्थित विराटनगर– रङ्गेली सडकखण्डमा आज बिहान ट्याक्टरको ठक्करबाट एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान रङ्गेलीबाट विराटनगर जाँदै गरेको को २ त १३७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलयात्री मोरङ कटहरी– ९ बस्ने १३ वर्षीया किशोरी मनिषा सहनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ