Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘तितो सत्य’ का चर्चित हास्य कलाकार आरपी (लाजालाम)को निधन – Gaule Khabar

‘तितो सत्य’ का चर्चित हास्य कलाकार आरपी (लाजालाम)को निधन

‘तितो सत्य’ का चर्चित हास्य कलाकार आरपी (लाजालाम)को निधन

काठमाडौं,मंसिर  २४-

लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए . बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए ।

बेलुकी खाना खाएर  सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फूपूको परिवारले दिएको छ ।  ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए ।

पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘राजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे ।उनको श्रीमति र २ छोरा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका