Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेला नवलपरासीमा सुरु – Gaule Khabar

पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेला नवलपरासीमा सुरु

पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेला नवलपरासीमा सुरु

ज्ञानु पंगेनी

नवलपरासी, मंसिर २३-

नवलपरासीको सुनवलमा विहिवारदेखी पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेला सुरु भएको छ ।मेलाको उपराष्ट्रपति नन्दकिशोर पुन उद्घाटन गर्नुभयो । शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ सुरु भएको मेलामा जिल्लाका कृषि उपज वस्तुहरु तथा उद्योग उत्पादका बस्तुहरुको प्रदर्शनी ,रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालीका लगायतका धार्मिक स्थलहरुको वृतचित्र मार्फत प्रदर्शनी गरिने छ ।

मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायत गरि २ सय स्टल रहेको आयोजकले जनाएको छ ।

जिल्लालाई कृषी पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै स्थानिय धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने प्रमुख उदेश्य रहेको उद्योग वाणिजय संघका अध्यक्ष भरत थापा क्षेत्रीले बताए ।मेलाको नेपाल र भारतका गरी ३ लाख दर्शकले अवलोकन गर्ने उनले वताए ।मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

mahotsab nawalparasi

संविधान कार्यान्वयनको चरणमा

उपराष्ट्रपति नन्दकिशोर पुनले संविधान कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।विहिबारदेखि नवलपरासीको सुनवलमा शुरु भएको पश्चिमाञ्चल स्तरीय तेस्रो औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले संविधानको कार्यान्वयनसंगै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत दिगो आर्थिक विकास सहितको समृद्ध र समुन्नत नेपाल निर्माणमा जोड दिए ।पुनले अबको पालो आर्थिक क्रान्ति भएको भन्दै सोंचेको जस्तो समृद्ध र समुन्नत नेपाल आर्थिक क्रान्ती विना सम्भव नहुने बताए ।महोत्सव तथा व्यापार मेलाहरु मौलिक संस्कृती जस्तै बनिसकेकोले आर्थिक समृद्धि र विकासका आधार पनि वनेको उनको भनाई छ ।

यसैबिच उपराष्ट्रपति नन्द बहादुर पुनले विहिवार विहान नवलपरासीको रामग्राममा रहेको गौतम बुद्धको आठौ समाधी स्थल रामगा्रम स्तुपको अवलोकन र दिप प्रजोलन गरेका छन ।उनले संरक्षण चासो दिन सवैलाइ आग्रह समेत गरेका छन् ।

15416869_937939756341191_66883179_n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका