राष्ट्रिय खेलकुदका लागि करातेको छनौट खेल चितवनमा

राष्ट्रिय खेलकुदका लागि करातेको छनौट खेल चितवनमा

चितवन, मंसिर २३–

चितवनको भरतपुरमा आज (बुधबार) देखि सातौं राष्ट्रिय खेलकुदका लागि कराते तर्फको मध्यमाञ्चल स्तरीय छनौट प्रतियोगिता सुरु भएको छ ।
कवर्ड हलमा सुरु भएको प्रतियोगिताको चितवन क्षेत्र नं.२ का साँसद शेषनाथ अधिकारीले एक कार्यक्रमकाबीच समुद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामा, मध्यमाञ्चल खेलकुदका उपाध्यक्ष परमेश्वर खनाललगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा चितवनसहित बारा, पर्सा, रौतहट, महोत्तरी, नुवाकोट, सर्लाही, काभ्रेपलाञ्चोकलगायतका जिल्लाका कराते खेलाडीहरुको सहभागिता रहेको छ । मंसिर २६ गतेसम्म चल्ने प्रतियोगिताबाट छनौट हुने खेलाडीहरुले मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेकलुद प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ