Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आयोगबाट बजेट – Gaule Khabar

आयोगबाट बजेट

आयोगबाट बजेट

भद्रपुर, मंसिर २३ –

राष्ट्रिय योजना आयोगबाट झापाका लागि बजेट सिलिङ प्राप्त भएको छ ।

स्थानीय निकाय र जिविसअन्तर्गतका विषयगत कार्यालयलाई आव २०७४÷७५ का लागि रु तीन अर्ब १३ करोड ५५ लाख ५८ हजार बजेट सिलिङ प्राप्त भएको जिविसका सूचना अधिकृत प्रकाश चौधरीले जानकारी दिनुभयो ।

सिलिङअनुसार पुँजीगततर्फ रु ९० करोड ६१ लाख ३५ हजार र चालुतर्फ रु दुई अर्ब २२ करोड ९४ लाख खर्च गर्न पाइने अख्तियार आएको छ । जिविसलाई रु ४५ करोड आठ लाख ९८ हजारको बजेट सीमा निर्धारण गरिएको छ ।

जिल्लाका आठवटै नगरपालिकालाई रु ५२ करोड ५४ लाखको बजेट सीमा निर्धारण भएको र ३३ वटा गाविसलाई गाविस अनुदानतर्फ रु २४ करोड ८१ लाख ६० हजारको बजेट सीमा तोकिएको छ । त्यस्तै, जिविस झापामा निर्माण सामग्री परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । रासस भद्रपुर, २३ मङ्सिर । राष्ट्रिय योजना आयोगबाट झापाका लागि बजेट सिलिङ प्राप्त भएको छ ।

स्थानीय निकाय र जिविसअन्तर्गतका विषयगत कार्यालयलाई आव २०७४÷७५ का लागि रु तीन अर्ब १३ करोड ५५ लाख ५८ हजार बजेट सिलिङ प्राप्त भएको जिविसका सूचना अधिकृत प्रकाश चौधरीले जानकारी दिनुभयो ।

सिलिङअनुसार पुँजीगततर्फ रु ९० करोड ६१ लाख ३५ हजार र चालुतर्फ रु दुई अर्ब २२ करोड ९४ लाख खर्च गर्न पाइने अख्तियार आएको छ । जिविसलाई रु ४५ करोड आठ लाख ९८ हजारको बजेट सीमा निर्धारण गरिएको छ ।

जिल्लाका आठवटै नगरपालिकालाई रु ५२ करोड ५४ लाखको बजेट सीमा निर्धारण भएको र ३३ वटा गाविसलाई गाविस अनुदानतर्फ रु २४ करोड ८१ लाख ६० हजारको बजेट सीमा तोकिएको छ । त्यस्तै, जिविस झापामा निर्माण सामग्री परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका