Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चीनबाट नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच आइपी सर्भिसमा सम्झौता – Gaule Khabar

चीनबाट नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच आइपी सर्भिसमा सम्झौता

चीनबाट नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच आइपी सर्भिसमा सम्झौता

काठमाडौँ, मंसिर २३ –

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलकेबुल मार्गबाट जोड्न आइपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड ९सिटिजी० का कार्यकारी उपाध्यक्ष ओउ यानले गत मङ्गलबार हङ्कङमा आयोजित एक कार्यक्रममा सो संझौतामा हस्ताक्षर गर्नुभएको हो ।

केही समयअघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो । चीनसँग स्थलमार्गमार्फत जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ ।

संझौता पछि चिनियाँ मार्गबाट पनि इन्टरनेट आबद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो कार्य सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकामा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आबद्ध हुन सहज बनेको हो ।

सम्झौता सम्बन्धी कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत अमात्यले नेपाल टेलिकमले थप मार्गबाट लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो मार्गमार्फत नेपाललाई ट्रान्जिट हबका रुपमा स्थापित गर्न सकिने अपेक्षा गर्नुभयो ।

त्यस्तै सिटिजीका कार्यकारी उपाध्यक्ष यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो मार्ग विस्तार गरिरहेको र यसबाट नेपाल–चीन मार्गमा सेवा प्रदान गर्नाका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको मार्ग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो । – रासस

बद्धता व्यक्त गर्नुभएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका