सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा  एकको मृत्यु

चितवन,मंसिर २३ –

पुर्वीचितवनको पदमपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० गाबिस चोकमा गएराती ना १ ह ७३८ नम्बरको टेम्पोको पछाडी ना १५ प ८४३३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका कालिका नगरपालिका १२ बस्ने मोटरसाईकल चालक अनिल सिहं ठकुरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । घटना पछि टेम्पो चालक सम्पर्कमा नरहेको र उनको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख नारायण रन्जीतकारले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ