Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रामग्राम स्तुपाको उपराष्ट्रपति पुनले गरे अवलोकन – Gaule Khabar

रामग्राम स्तुपाको उपराष्ट्रपति पुनले गरे अवलोकन

रामग्राम स्तुपाको उपराष्ट्रपति पुनले गरे अवलोकन

नवलपरासी, मंसिर २३–

उपराष्ट्रपति नन्दबहादुर पुनले आज बिहान भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुपाको अध्ययन र अवलोकन गर्नुभएको छ । बुधबार राति लोटस रिसोर्टमा बस्नु भएका उपराष्ट्रपति पुन आज विहानै रामग्रामको स्तुपा अवलोकन गर्न पुग्नु भएको हो । उहाँ आजदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेलाको दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ । यही कार्यक्रमको सिलसिलामा उपराष्ट्रपति पुनः बुधबार साँझ नै नवलपरासी आउनुभएको थियो ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीको मुख्य आयोजनामा जिल्लाको सुनवलमा आज सुरु हुने मेला आगामी पुस ३ गतेसम्म चल्नेछ ।

मेलामा करिब तीनसय स्टल रहनेछन् । मेलाको कुल तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब रु १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक भरतले बताउनुभयो ।

rss_images_1481174387222_ps_parasi_081216_20161208_090402

तेस्रोपटक उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको यस वर्षको मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रूपमा रहेको छ । मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने अनुमान छ । मेलाको मुख्य आकर्षणका रूपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका