प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख

प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख

काठमान्डौं,मंसिर २३–

राजनीतिक गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छिन् ।

सभामुख घर्तीले  आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम रहेकाे उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए ।

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ । सरकारले ल्याएको संविधान संशोधनपछि उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ