Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
इन्टरनेटमा भारतको एकाधिकार तोडिँदै, एक महिनापछि चीनको इन्टरनेट प्रयोग गर्न पाउने – Gaule Khabar

इन्टरनेटमा भारतको एकाधिकार तोडिँदै, एक महिनापछि चीनको इन्टरनेट प्रयोग गर्न पाउने

इन्टरनेटमा भारतको एकाधिकार तोडिँदै, एक महिनापछि चीनको इन्टरनेट प्रयोग गर्न पाउने

काठमाडौं,मंसिर २२-

एक महिनापछि चीनको इन्टरनेट नेपालीले प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमका अनुसार डिसेम्बरभरी परीक्षण गरिने र जनवरीदेखि सर्वसाधरणले प्रयोग गर्न पाउनेछन्।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जनवरीदेखि सर्वसाधरणले चीनको इन्टरनेट चलाउन पाउने जानकारी दिए।टेलिकम र चाइना टेलिकम ग्लोवलबीच मंगलबार रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकमका कार्यकारी उपाध्यक्ष ओउ यानले सम्झौंतापत्रमा हस्ताक्षर गरेपछि इन्टरनेट प्रयोग गर्न पाउने सुनिश्चित भएको हो। केही समयअघि यी दुर्इ संस्था अप्टिकल फाइबरमा जोडिएका थिए। अहिले नेपालले भारतहुँदै आएको इन्टरनेट प्रयोग गरिरहेको थियो।

हाल नेपाल विश्वसँग टेलिकम्युनिकेसनमार्फत जोडिनका लागि दक्षिण भारतको चेन्नर्इहुँदै समुन्द्रीमार्गवाट हङकङमा भएको एसियाको सवैभन्दा ठूलो डेटा सर्भरसँग जोडिएको छ। चीनहुँदै जोडिदा पनि सर्भर हङकङकै हो तर दूरीका हिसावले चीनको बाटो छोटो पर्छ । राउन्ड ट्रिप डिले ९आरटिडी० कम हुन्छ र नेपालमा इन्टरनेट चाँडो चल्छ। जसले गर्दा इन्टरनेट तीब्र गतिमा चल्छ।

चिनियाँ मार्गबाट पनि इन्टरनेट कनेक्टिभिटी सम्भव भएको अमात्यले बताउँदै नयाँ रुटबाट ल्याउँदा टेलिकमले थप लाभ लिनसक्ने बताए । उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने बताए। चीनसँग अप्टिकल फाइबर जोडिँदा सस्तो र गुणस्तरीय इन्टरनेट सुविधा पाइनेछ।

फाइदा के हुन्छ ?

बर्षौदेखि एउटै देशसँगमात्र भएको कनेक्टिभिटी अन्त्य हुन्छ जसका कारण केहि गरी भारतले नेपालमा इन्टरनेट सेवा बन्द गरेमा विकल्प पाइन्छ। नेपालको इन्टरनेट अहिलेको भन्दा चाँडो चल्छ।

नेपालमा चल्ने इन्टरनेट मिडियामा नोइज कम हुन्छ र फ्लो स्पीड बढ्ने हुनाले इन्टरनेटमा डेटा स्पीड बढ्छ जसका कारणले इन्टरनेटको मूल्यमा पनि कमी आउँछ । टेलिकमले भारत र समुन्द्र प्रयोग गरेबापत तिरिरहेको धेरै रकम बच्छ ।

नेपाल इमर्जिङ इन्टरनेट हब बन्दै

चीनसंगको अप्टिकल फाइबरमा जोडिएपछि नेपाल दक्षिण एसियाको इमर्जिङ हब बन्नेछ। जसका कारण समग्र दक्षिण एसियाले नै फाइदा लिन सक्नेछन् । भारत, माल्दिभ्स्, भुटान र श्रीलङ्काले फाइदा लिन सक्नेछन्।

ती देशहरुको कुनै कारणबस् समुन्द्रमा विछ्याइएको अप्टिकल फाइबर टुट्यो भने नेपालतर्फको जडानले सहयोग पुग्नेछ।नेपालले बाटो प्रयोग गरेवापत भारत र अरु देश र टेलिकम कम्पनीहरुले नेपाल टेलिकमलाई पैसा तिर्नुपर्छ जुन हाल नेपालले भारतीय बाटो प्रयोग गरेवापत भारतको एयरटेल कम्पनीलाई पैसा तिरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका