Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालगन्जमा चौथो मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव – Gaule Khabar

नेपालगन्जमा चौथो मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव

नेपालगन्जमा चौथो मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव

नेपालगन्ज मंसिर २२ –

चौथो नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव नेपालगन्जमा सम्पन्न भएको छ ।

चलचित्रलाई व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न सामाजिक र सांस्कृतिक परिवर्तनको अभियानको रुपमा विकास गर्ने आयोजना गरिएको मानव अधिकार अन्तर्रराष्ट्रिय चलचित्र महोत्सवको राष्ट्रिय मानब अधिकार आयोग नेपालगन्जका क्षेत्रिय निर्देशक मुरारी खरेलले सुभारम्भ गर्नु भएको थियो ।

मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवलाई केन्द्रमा मात्र नभई जिल्ला र गाउँतहसम्ममा नै लैजाने उद्देश्यले मानवअधिकार चलचित्र केन्द्रले बाँकेको नेपालगन्जमा महोत्सव आयोजना गरेको हो ।केन्द्रले सामाजिक, सांस्कृतिक, राजनीतिक र समाजमा विभिन्न रुपमा पछाडि पारिएका समुदायलाई लक्षित गरी उनीहरुका सवालहरुमा आधारित चलचित्र तथा बृत्तचित्र निर्माण गरी प्रर्दशन गर्दै आएको छ ।

नेपालगञ्जको सिद्धार्थ कटेजमा आयोजना भएको महोत्सबमा कमारो, ल्याण्ड अफ द लस्ट, अ गर्ल इन द रिभर र क्याण्डल इन द विण्ड प्रशर्दन गरिएको थियो ।मानब अधिकार सम्बन्धी जनचेतना अभिबृद्धि गरी मानब अधिकारको संरक्षण तथा प्रर्बदनमा सहयोग पुराउने उद्देश्यले केन्द्रले पूर्व इलाम, झापा , जनकपुर हुदै नेपालगन्जमा महोत्सब आयोजना गरेको चौथो नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव समितिका अध्यक्ष अरुणदेब जोशीले बताउनु भयो ।

महोत्सबमा मानबअधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा, बिभिन्न सुरक्षा निकायका अधिकृत लगायत बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु लगायत १ सय २० जनाको सहभागिता रहेको थियो । केन्द्रले आगामी साता सुर्खेत , दैलेख देखि जुम्लामा पनि महोत्सब आयोजना गर्ने जनाएको छ ।

human-rights-international-film-festival-1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका