Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विदेशी नागरिकको सामान चोर्ने युवक पक्राउ – Gaule Khabar

विदेशी नागरिकको सामान चोर्ने युवक पक्राउ

विदेशी नागरिकको सामान चोर्ने युवक पक्राउ

चितवन, मंसिर २२–

चितवन प्रहरीले विदेशी नागरिकको सामान चोर्ने एक व्यक्तिलाई सामानसहित पक्राउ गरेको छ ।
मंगलबार दिउँसो करिव साँढे ११ बजेको समयमा रत्ननगर नगरपालिका–१९ सौराह स्थित हात्तीसार खेल्ने ठाउँबाट फ्रेन्च नागरीक वर्ष २० की म्यारी लोइको सामान चार्ने चितवनको खैरहनी नगरपालिका ७ बस्ने बर्ष १८ का बिपिन परियारलाई आज विहान सामानसहित प्रहरीले पक्राउ गरेको हो ।

परियारलाई सौराहाको मालपुरबाट चोरी गरेको सामान सहित पक्राउ गरेको हो । बरामद सामानहरु सम्बन्धित व्यक्तिलाई फिर्ता दिईएको र परियारलाई ईलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट आबश्यक कारवाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले परियारको साथबाट फ्रान्सको क्रेडिट कार्ड, सोनी क्यामेरा, मोबाईललगायतका महत्वपूर्ण कागजात बरामद गरेको हो ।

भन्सार छली ल्याएको सामान बरामद

पूर्वी चितवनको राप्ती नगरपालिकाबाट चितवन प्रहरीले भन्साल छली ल्याएको सामान बरामद गरेको छ । राप्ती नगरपालिका–८ स्थितमा प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा पूर्व तर्फबाट आएको ना ६ ख ५९८६ नम्बरको मालबाहक कन्टीनर डिव्बा भ्यान चेकजाँच गर्दा सो गाडीमा रहेको सामानहरुको भन्सार महशुल कम तिरेको पाईएकोले बरामद गरिएको प्रहरीले जनाएको छ । सो बरामद गरिएको सामानको आबश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग क्षेत्रिय कार्यालय पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका