Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी – Gaule Khabar

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

काँकडभिट्टा ९झापा०, मंसिर २२ –
नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ ।

बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध नाका जोड्नेस्थल पारवहन मार्गको प्रयोग सुरु गरेको हो ।

आव २०५४÷५५ देखि २०७२÷७३ सम्म आइपुग्दा यस मार्गबाट रु ४२ अर्ब ६८ करोड ९७ लाख बराबरको विभिन्न मालसामानको व्यापार भएको काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम कम्पनीका प्रमुख यादवप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

उक्त अवधिमा नेपालले रु २७ अर्ब ८४ करोड ६४ लाख २० हजार बराबरको सामान बङ्गलादेश निर्यात गरेको छ भने बङ्गलादेशबाट सोही मार्ग भएर रु १४ अर्ब ८४ करोड ३३ लाखको सामान आयात गरेको छ । काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको प्रवेशमार्ग बङ्गलाबन्ध नाका पुग्न ५४ किलोेमिटरको दुरी पार गर्नुपर्छ ।

नेपालले बङ्गलादेशतर्फ जडीबुटी, फलफूल, दाल, गहुँलगायत डाबर नेपालका उत्पादन निर्यात गर्दै आएको छ भने उताबाट कटन बेस्ट, सोलारका सामान, कच्चा जुट, जुस, चामललगायतका विभिन्न सामान आयात गर्दै आएको छ । दाल र गहुँको निर्यातमा नेपालले कटौती गरेको छ ।
नेपाल बङ्गलादेश चेम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बङ्गलादेशसँगको व्यापार बढाउन सकिने प्रशस्त सम्भावना भए पनि सरकारी तहबाट पहल न्यून भएको बताउनुहुन्छ । निर्माण सामग्रीको रुपमा प्रयोग हुने ढुङ्गा ठूलो मात्रामा नेपालबाट आयात गर्न बङ्गलादेशी व्यापारी इच्छुक रहेको उहाँको भनाइ छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका