Gaule Khabar
आइतवार, साउन २२, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

जन्मदर्ता गराउन घरदैलो अभियान प्रभावकारी

  • admin
  • बुधबार, मंसिर २२, २०७३
जन्मदर्ता गराउन घरदैलो अभियान प्रभावकारी

मोहम्मद ईजहार शेष,
परासी, मंसिर २२–

नवलपरासीको सिमावर्ती गाविस ठूलो खैरटवांमा सञ्चालित जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी भएको सरोकारवालाले बताएका छन् ।
गाविस स्तरीय बाल क्लब ठुलो खैरटवां बाल सञ्जाल नेटवर्कको आयोजना तथा ठुलो खैरटवां गाविस कार्यालयको सहयोगमा सञ्चालन गरीएको उक्त अभियान मंसिर १० गतेबाट सुरु भएको थियो । बालबालिकाको विदा भएको दिनलाई मध्यनजर गर्दै सञ्चालन गरिएको सो अभियानको अवधिमा १ सय ५० जनालाईल घरमै गई जन्मदर्ता बनाइएको गाविस सचिव जीवन पौडेलले जानकारी दिनुभयो । जिल्लाको सिमावर्ती क्षेत्र भएको सो गाविसमा जन्मदर्ता सम्बन्धि सर्वसाधरणमा पर्याप्त जनचेतना नभएकाले उक्त अभियान सञ्चालन गरिएको सचिव पौडेलले बताउनु भयो ।
सो अभियानमा २० वर्ष पुगिसकेको तर जन्मदर्ता नलिएकाहरु पनि पाईएको र उनीहलाई घरमै गई जन्मदर्ता बनाईएको गाविसले जनाएको छ । सो क्षेत्रका कतिपयले नागरिकता बनाउने समयमा जन्मदर्ताको आवश्यकता मुहशुस गर्दै समेत जन्मदर्ता लिन जाने गरेका छन् । जन्मदर्ता सम्बन्धि घरदैलो अभियान अन्तर्गत गाविसको ठुलो खैरटवा वडा नम्बर २ र ३ खोकरपुरामा सबैभन्दा बढि जन्मदर्ता वितरण गरिएको ठुलो खैरटवा बाल सञ्जालका अध्यक्ष महेन्द्र पाशीले बताउनु भयो । जनचेतनाको कमी भएकाले कतिपय परिवारहरुले विवाहदार्त नबनाई नै छोराछोरीको जन्मदर्ता बनाउन आउने गरेकाले उनिहरुको पहिला विवाहदर्ता बनाई जन्मदर्ता बनाउने गरिएको गाविस सचिव जीवन पौडेलले बताउनु भयो । समयमा जन्मदर्र्ता बनाउनाले विभिन्न गाविसको योजना प्रभावकारी हुने र राष्ट्रिय जनगणनामा पनि सत्यतथ्य डाटा उपल्बध हुने भएकाले विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउन मद्यत समेत पुग्दछ् । जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निशुल्क रहेको र समयमै जन्मदर्ता बनाउनुका फाईदाका बारेमा सर्वसाधरणलाई जानकारी समेत गराईएको गाविस सचिव पौडेलले बताउनु भयो । अभियानमा गाविस सचिव, बाल सञ्जालका पदाधिकारी, सम्बन्धि वडाका राजनितिक पार्टि प्रतिनिधि लगायतका सरोकारवालाहरुको उपस्थित हुने गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ