Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा तीव्रता – Gaule Khabar

सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा तीव्रता

सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा तीव्रता

काठमाडौँ, मंसिर २२ –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति पुगेका एतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्रताका साथ अघि बढेको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गेरेको प्रगति विवरणमा त्यस्ता सम्पदा, मठ, मन्दिर तथा पर्यटकीयस्थालका संरचनाको पुनःनिर्माणलाई प्राथमिकता दिइएको जनाएको हो ।

विश्व सम्पदासूचीमा सूचीकृत महत्वपूर्ण धार्मिकस्थलका पुनःनिर्माण पनि धमाधम भइरहेको उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव घनश्याम उपाध्यायले महत्वपूर्ण सांस्कृतिक सम्पदा तथा पर्यटकीयस्थलका संरचनाको पुनःनिर्माण, मठ, मन्दिर जीर्णोद्वारको काम तीव्रगतिमा अघि बढेको बताउनुभयो ।

उहाँका अनुसार प्रसिद्ध बौद्धनाथको पुनःनिर्माण र प्याङ गाउँ पाटी ९ललितपुर० को संरक्षण गरिएको, प्रस्तावितमध्ये १३२ वटाको जिम्मेवारी बाँडफाँड भई ४७ वटा सम्पदा पुनःनिर्माण सुरु गरिएको छ भने बुङ्मतिस्थित मनकामना मन्दिर पुनः निर्माण गरिएकोे छ ।

साँखुस्थित खङ्योगिनी मन्दिर भत्काई पुन निर्माण सुरु गरिएको, नक्सालस्थित भगवानबहाल ९शङ्करकीर्ति महाविहार० को जग निर्माण गरिएको, ढुडाँलदेवी मन्दिर भत्काइ जग खनिएको, हनुमानढोकास्थित वंशगोपाल मन्दिरको जमिनको तहसम्मको काम भएको विष्णुदेवी सत्तललगायतका मन्दिरको जग भत्काई नयाँ जग हाल्ने काम भएको विवरणमा उल्लेख छ ।

क्षेत्रीय सङग्रहालय र जातीय सङग्रहालय गरी जम्मा ३४ वटा कार्यक्रम समावेश भएकामा क्षेत्रीय सङ्ग्रहालयको ११ वटा कार्यसम्पन्न भईसकेको छ ।

वैदेशिक सहयोग अन्तर्गत नेपालस्थित युनेस्को कार्यालयको सहयोगमा हनुमानढोका संरक्षित स्मारक क्षेत्रका क्षतिग्रस्त स्मारकको निर्माण प्रारम्भ गरिएको, भूकम्प पश्चात् उपत्यकाका विश्व सम्पदा स्थालको पुरातात्विक अन्वेषण, उत्खनन् एवम् अनुसन्धान भइरहेको, हनुमानढोका दरबार परिसरको नौतले दरबारलगायत चारवटा टावर जीर्णोद्धार तथा पुनःनिर्माण सुरु भएको छ ।

त्यस्तै स्वयम्भूस्थित आनन्दकुटी विहार संरक्षण तथा पुनःनिर्माण भइरहेको, हनुमानढोका दरबार परिसरको सम्पादा तथा बुङ्मती खोकना क्षेत्रको पुनःनिर्माण प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका