Gaule Khabar
शुक्रबार, साउन २७, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

कोदोको उत्पादन घट्दै

  • admin
  • बुधबार, मंसिर २२, २०७३
कोदोको उत्पादन घट्दै

पोखरा, मंसिर २२

कास्कीमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँ सराइका कारण कोदोको उत्पादन घट्दै गएको छ ।

पछिल्ला वर्षमा पहाडी क्षेत्रबाट बेँसीतर्फ बसाइँ सर्ने क्रम बढेपछि ती क्षेत्रमा कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीका अनुसार जिल्लामा खेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको छ ।

जिल्लामा कोदोको उत्पादकत्व प्रतिहेक्टर १।२ मेट्रिक टन रहेको छ । हाल कुल १७ हजार ७०० मेट्रिक टन कोदो उत्पादन हुने गरेको बस्ताकोटीको भनाइ छ । कास्की जिल्ला तथा यस आसपासका स्याङ्जा, तनहुँ, लम्जुङ, गोरखा, पर्वत, बागलुङ, म्याग्दीमा समेत कोदोको उत्पादन घट्दै गएको छ । कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति पनि लोप हुँदै गएका छन् ।

दुधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता प्रजातिका कोदो लोप हुँदै गएका छन् । पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै पाखे धान लगाउन थालेका छन् ।

भरतपोखरी, निर्मलपोखरी, कृष्तिनाच्ने चौर, माझठानालगायत ठाउँमा पाखे धान लगाउने क्रम बढेका कारण कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको भरतपोखरीका किसान रामेश्वर अधिकारी बताउनुहुन्छ । श्रम बढी लाग्ने तथा जनशक्ति अभावका कारण त्यसको विकल्पमा पाखे धान तथा घैया धान किसानको रोजाइ बनेको छ । कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा समेत बनाउने गरिन्छ । रासस
पोखरा, २२ मङ्सिर । कास्कीमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँ सराइका कारण कोदोको उत्पादन घट्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ