बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

चितवन, मंसिर २२–

गर्भवती महिलाको ज्यान गएपछि आक्रोशित भीडले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
आज दिउँसो आक्रोशित भीडले अस्पतालको मुख्य गेडको सीसा तोडफोड गरेको अस्पतालले जनाएको छ । सो भीडलाई रोक्ने क्रममा तीन जना प्रहरी  समेत घाईते भएको प्रहरीले जनाएको छ ।

सुत्केरी बेथा लागेकी भरतपुर उपमहानगरपालिका वडा न ७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरुङका मृत्यु भएपछि अस्पतालमा हिजो विहानैदेखि तनाव सिर्जना भएको थियो ।
उनलाई सुत्केरी बेथा लागेपछि सोमबार बिहान
अस्पतालमा भर्ना गरीएको मृतककी बहिनी गोरी गुरुङले बताईन् । डेलीभरी केश नर्मल रहेको र ४/५ घण्टामा डेलीभरी हुने डाक्टरले बताएपनि दिउँसो सवा १२ बजेको समयमा अस्पतालको लापरवाहीले उनकोे ज्यान गएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेका हुन् ।

cmc-todfod-1

cmc-todfod-2

cmc-todfod-3

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ