महोत्सव अवधिमा घर निर्माण सम्झौतामा २५ प्रतिशत छुट

महोत्सव अवधिमा घर निर्माण सम्झौतामा २५ प्रतिशत छुट

चितवन, मंसिर २१–

भरतपुर भवन निर्माण व्यवसायी समितिले भोलीदेखी सुरु हुने ‘भरतपुर महोत्सव’ अवधिभर घर निर्माण सम्झौता गर्नेलाई २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
समितिका अध्यक्ष मदन हजरा पासवानले दिएको जानकारी अनुसार केन्दीय बस टर्मिनलमा बुधबार देखि शुरु हुने भरतपुर महोत्सवको अवधिभर घर निर्माणमा सम्झौता गर्ने घरधनीले तिर्नुपर्ने शुल्कमा २५ प्रतिशत र ठेकेदारले तिर्ने शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको हो । अध्यक्ष पासवानले मंसिर २२ गते देखि पुस २ गते सम्म महोत्सवको स्टल नम्बर १२ बाट उक्त सेवा दिने बताए ।
युवा समाज भरतपुरको आयोजनामा भरतपुरको केन्द्रीय बस टर्मिनलमा मंसिर २२ गते देखि पुस २ गते सम्म चौथो भरतपुर महोत्सव हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ