सरकार नै संविधानको बर्खिलापमा लाग्योः नेता विष्ट

सरकार नै संविधानको बर्खिलापमा लाग्योः नेता विष्ट

काठमाडौं, मंसिर २१–

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सराकारले संबैधानिक दायरा मिचेर ल्याएको संविधान संशोधनको प्रस्तावले देशमा संबैधानिक तथा राजनीतिक अराजकता पैदा गरेको बताएका छन् । संविधानको धारा २७४ को ४ र ५ ले रुपान्तरीत संसदलाई सिमा हेरफेरको अधिकार नदिएको भन्दै विष्टले संविधानको पालन कर्ता सरकार स्वंयम नै संविधानको बर्खिलापमा लागेको बताए ।

संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै एमाले सचिव विष्टले सिमा निर्धारण र हेरफेरका लागि प्रादेशीक संसद आउनु अनिवार्य भएको बताएका छन् । संविधान कार्यन्वयन गर्दा देखापर्ने समस्यालाई समाधान गर्ने गुन्जायस संविधानमै छ तर संविधान संशोधनको नाममा पाँच नम्बर प्रदेशमा मिलेर बसेका पहाड र तराईका जनताको मिलेर बस्ने चाहानालाई तोड्न जनताको एजेण्डा नै नभएको विषयमा संशोधन प्रस्ताव ल्याउनु आफैमा रहस्यमय विषय बनेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ