Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नगर प्रहरीको रासन भत्ता अपर्याप्त – Gaule Khabar

नगर प्रहरीको रासन भत्ता अपर्याप्त

नगर प्रहरीको रासन भत्ता अपर्याप्त

ललितपुर, मंसिर २१ –

ललितपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले रासन भत्तामा आफूहरुलाई विभेद भएको गुनासो गरेका छन् ।

नगर प्रहरीलाई नेपाल प्रहरीसरह नै रासन भत्ता उपलब्ध गराउने व्यवस्था भएपनि उपमहानगरपालिकाले भने आय स्रोत पर्याप्त नभएको भन्दै प्रहरी÷सेनाभन्दा झन्डै रु एक हजार कम रकम नगर प्रहरीलाई दिँदै आएकाले उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

नेपाल प्रहरीको रासन भत्ता रु पाँच हजार २०० छ । ललितपुरमा कार्यरत नगर प्रहरीको भत्ता रु चार हजार २०० छ । पहिले रु तीन हजार २०० भत्ता भएकामा चार महिना पहिले रु एक हजार बढाइएको थियो, तर काठमाडौँ महानगरपालिकाले भने रासन भत्ता नेपाल प्रहरी समान गरेको छ ।

नगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले नगरपालिकाको स्रोत साधनअनुसार नै कर्मचारीलाई सुविधा दिइने बताउनुभयो । नगर प्रहरीको तलब नगर परिषद्ले नै निर्णय गरेको थियो । उहाँ भन्नुहुन्छ – “भत्ता कम भए कर्मचारीले प्रक्रियागत रुपमा माग अघि बढाउनु पर्छ ।” – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका