Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै – Gaule Khabar

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

काठमाडौँ, मंसिर २१ –
प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।

भारतको गोवामा हालै सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा ती दुई शीर्ष व्यक्तित्वबीच द्विपक्षीय भेटवार्ता हुँदा खिँचिएको तस्बिरलाई चिनियाँ चित्रकारले उतार्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीले आफू चिनियाँ कलाबाट प्रभावित भएको बताउँदै यसले नेपाल र चीनबीचको सम्बन्धमा थप हार्दिकता थपेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचको सम्बन्धमा प्रगाढता ल्याउने बताउँदै जनता–जनताबीचको सम्बन्ध विकसित गर्न यस्ता कदम स्वागतयोग्य हुन्छन् भन्नुभयो ।

चिनियाँ टोलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत नेपालको ऐतिहासिक विषय समेटेर चलचित्र तयार भइरहेको पनि प्रधानमन्त्रीलाई अवगत गराएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका