Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन प्रस्तावमा कांग्रेसले अझै गरेन संस्थागत निर्णय – Gaule Khabar

संविधान संशोधन प्रस्तावमा कांग्रेसले अझै गरेन संस्थागत निर्णय

संविधान संशोधन प्रस्तावमा कांग्रेसले अझै गरेन संस्थागत निर्णय

काठमाडौं,मंसिर २१-

सरकारले व्यवस्थापिका–संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको एक साता वितिसक्दा पनि सत्तारुढ दल नेपाली कांग्रेसले संशोधनबारे पार्टीको आधिकारिक धारणा तय गर्नै सकेको छैन ।

नेपाली कांग्रैसका नेताहरुले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसद सचिवालयमा दर्ता भएको र संसदमा समेत प्रवेश गरेकाले विधिवतढंगबाट टुंगो लगाउनुपर्ने विभिन्न औपचारिक कार्यक्रममा बताउँदै आएका छन् ।

कांग्रेसका शीर्ष नेताहरु देश दौडाहामा लागेर आ आफ्नो भनाइ सार्वजनिक गर्नेवाहेक संस्थागत धारणा तय गर्न नेतृत्वले बैठक नडाकेकोप्रति नेताहरुले असन्तुष्टि व्यक्त गरेका आजको राजधानी दैनिकमा समाचार छ ।

कांग्रेसको प्रत्यक्ष सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता भए पनि त्यसमा पार्टीभित्रै धेरै नेताको विमति रहेको कांग्रेस नेता रामशरण महतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका