खैरहनी नगरपालिकामा नयाँ अधिकृत

खैरहनी नगरपालिकामा नयाँ अधिकृत

चितवन, मंसिर २०–

पूर्वी चितवनको खैरहनी नगरपालिकाको कार्यकारी अधिकृत परिवर्तन भएको छ । नयाँ कार्यकारी अधिकृतको रुपमा गंगाबहादुर भुजेल आएका छन् ।
उनी मन्त्रालयबाट यहाँ आएका हुन् । भुजेलले सोमबार देखी कार्यभार समालेको नगरपालिका इन्जिनियर धनबहादुर तामाङले जानकारी दिए । खैरहनी आए देखिनै विवादित बनेका यसअघिका कार्यकारी अधिकृत अम्मरनाथ ढकालको भने रुपन्देहीको देवदह नगरपालिका सरुवा भई सकेको थियो । तर ढकाल अटेर गरि खैरहनीमै बसिरहेका थिए । नगरपालिकाको बिकासमा भन्दा पनि झनै उधोगतिमा लैजाने काम ढकालले गरेको भन्दै नगरका राजनितिक दल उनि प्रती रुस्ट थिए ।
नयाँ आएका कार्यकारी अधिकृत भुजेलले राजनीीतक दल, टोल बिकास समिती, वडा नागरिक मन्च, उद्योगी, ब्यापारीलगायत स्थानीयसंग समन्वय गरेर नगरको बिकासमा काम गर्ने बताएका छन् । यसअघिका कुरा बिर्सिएर नगरपालिकालार्इ सहयोग गर्न समेत उनले नगरबासिमा आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ