Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग – Gaule Khabar

चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

चितवन, मंसिर २०–

चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालावलिकाका लागि खाद्यान्न सहयोग गरिएको छ ।
एभरेष्ट नेपाल युथ एसोशिएशन दोहा कतारले केन्द्रलाई ३९ हजार रुपैयाँ बराबरको ३० बोरा चामल सहयोग गरेको हो । एसोशिएशनका अध्यक्ष उत्तम गरुङ, एसोशिएशनका संयोजक नवराज श्रेष्ठ, एसोशिएशन सल्लाहाकार तथा पत्रकार रवि रोषी केन्द्रमै पुगेर सो खाद्यान्न हस्तान्तरण गरेका थिए ।
यसैगरी रोटरी क्लव अफ नारायणी मिट टाउनले केन्द्रलाई ८ थान सोलार हाते बत्ती सहयोग गरेको छ । त्यस्तै लायनस क्लव अफ रत्ननगर शान्तिचोकले ४ वटा बुंगुरका पाठा सहयोग गरेको छ । क्लवका कार्यसमिति सदस्य विनोद घिमिरे मार्फत केन्द्रलाई आयआर्जनको लागि बुंगुरका पाठा सहयोग गरिएको हो । क्लवका नवराज अर्याल मार्फत केन्द्रलाई एक थान कम्प्युटर सहयोग गरिएको छ । केन्द्रमा सोमवार आयोजित कार्यक्रममा बुंगुरका पाठा र कम्प्युटर हस्तान्तरण गरिएको थियो ।
लायन्स क्लवका राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा रामप्रसाद भट्ट, लायन्स क्लवका पूर्वी चितवन प्रमुख निरज श्रेष्ठलगायतले बोलेका थिए । लायनस क्लव अफ रत्ननगर शान्तिचोकका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका