Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले बैठक : आन्दोलन देशव्यापी बनाउने निर्णय – Gaule Khabar

एमाले बैठक : आन्दोलन देशव्यापी बनाउने निर्णय

एमाले बैठक : आन्दोलन देशव्यापी बनाउने निर्णय

भक्तपुर, मंसिर २० –

नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने भएको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट निवासमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले आन्दोलन देशव्यापी बनाउने निर्णय गरेको हो ।

बैठककाबारेमा जानकारी दिँदै पूर्वउपप्रधान एवं गृहमन्त्री तथा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकारले संसदमा ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने भएको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै एमालेका प्रवक्ता योगेश भट्टराईले बैठकले आन्दोलनलाई सात वटै प्रदेशमा थप प्रभावकारी र देशव्यापी बनाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन विधेयकका विरुद्ध सुरु भएको आन्दोलनलाई एमालेले देशव्यापी र सातवटै प्रदेशमा प्रभावकारी बनाउने भएका छौँ, देशव्यापी रुपमा विशाल जनप्रर्दशन र आमसभा गर्ने भएको छ ।’

आम सभा र विशाल जनप्रर्दशनको मिति भने केही दिन भित्रै तय गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, ‘विभिन्न जिल्लामा भएको आन्दोलन विथोल्न गरेको कुप्रचार र ज्यादतीको भण्डाफोर गर्छाैँ, विभिन्न ठाउँमा एमाले पार्टी कार्यालयमा भएको तोडफोड गर्ने, एमाले नेताको घरमा आक्रमण गर्ने, एमालेको कार्यक्रममा अवरोध गर्ने खालका गतिविधिको बैठकले निन्दा एवं भत्र्सना गरेको छ ।’

बैठकले पहाड र मधेसलाई विभाजन गर्ने, साम्प्रदायिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति सरकारकै उच्च तहबाट आएकाले यसको निन्दासमेत गरेको उहाँको भनाई थियो । राजनीतिक दललाई राजनीतिक कार्यक्रम निर्वाध ढंगले सम्पन्न गर्ने, राजनीतिक कार्यक्रम गर्न पाउने सुनिश्चितता गर्न सबैसँग अपिल गर्ने निर्णय बैठकले गरेको उहाँले जानकारी गराउनुभयो ।

यस्ता राजनीतिक कार्यक्रममा मजबुद सुरक्षाको प्रबन्ध गर्न र राजनीतिक गतिविधि माथि रोकतोक गर्ने कार्यको नियन्त्रण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

संसदमा पेश भएको उक्त विधेयकविरुद्ध संसदमा भएको दल र थप पार्टी एवं सांसदलाई समेत एकताबद्ध बनाएर जारी आन्दोलनलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

संसदमा पेश भएको विधेयकका विषयमा भारतले गरेको टिप्पणी, भारतले दिएको चासो, अभिव्यक्ति र गतिविधि कुटनीतिक मर्यादा विपरीत भएको, चिन्ता गर्ने विषय बनेको र दुःखद विषय भएको बैठकले ठहर गरेको जानकारी दिँदै उहाँले त्यसो नगर्न एमालेले सचेत गराएको बताउनुभयो ।

बैठकमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, भिम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भूषाल, सचिव प्रदिप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ्ग, ईश्वर पोखरेल लगायतका स्थायी समितिका अधिकांश सदस्यहरुको सहभागिता थियो । उज्यालोवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका