Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गण्डक नहरमा भारतीय पक्षको मनोमानी, पानी रोकिदिएपछि तराईका जिल्ला प्रभावित – Gaule Khabar

गण्डक नहरमा भारतीय पक्षको मनोमानी, पानी रोकिदिएपछि तराईका जिल्ला प्रभावित

गण्डक नहरमा भारतीय पक्षको मनोमानी, पानी रोकिदिएपछि तराईका जिल्ला प्रभावित

राधेश्याम पटेल,

वीरगन्ज मंसिर २०-

पर्सा, बारा, रौतहटसम्म बग्ने गण्डक नहरमा दुई महिनायता पानी आएको छैन। भारतीय पक्षले रामनगर क्षेत्रमा नहर मर्मत गराइरहेको भन्दै पानी रोकेको छ।गण्डक नहर मुख्य कार्यालय रामनगरका अधिकारीहरुले हरेक वर्ष सम्झौता भएको म्याद बिताएर नै नेपालमा पानी छाड्ने गरेको नारायणी सिँचाइ डिभिजन नं ५ कार्यालय पर्साका सुपरभाइजर हरेन्द्र पटेल बताउँछन्।

भारतीय पक्षको मनोमानीका कारण हरेक वर्ष नेपाली किसानको बालीनाली प्रभावित हुने गरेको उनको भनाई छ। ‘एउटा त समयमा पानी दिदैनन्, अर्को कम पानी छाडने गरिन्छ’, उनले भने।गण्डक नहरमा धानबाली र गहुँ बालीको लागि वर्षमा दुई पटक पानी आउँछ। अगामी २५ डिसेम्बरदेखि गण्डक नहरमा पानी छाड्ने नेपाल सरकारको भारतीय पक्षसँग सम्झौता छ ।

तर यस वर्ष पानी जनवरी दोस्रो सातादेखि छाड्ने योजना भारतीयहरुको छ। ८५० क्यूसेक प्रति सेकेन्डको वेगमा पानी आउने सम्झौता भएतापनि मुस्किलले ६ क्यूसेक प्रति सेकेन्ड नहरमा पानी आउने गरेको नारायणी सिँचाइ डिभिजन नं ५ कार्यालयका इन्जिनियरहरु बताउँछन्।

भारतीय पक्षले पानी समयमा नछाडदा पर्सा, बारामा लागाइने हजारौ हेक्टरका बालीहरु प्रभावित हुने गरेका छन्। यसरी समयमा बाली सिचिँत नहुँदा बालीको उत्पादन पनि घट्ने गरेको किसान अगुवाहरुले बताएका छन्।गण्डक नहरको लम्बाई विहारको रामनगरदेखि रौतहटसम्म करिब ८१ किलोमिटर छ। नहर भौतिक सरचना रौतहट, बागमति नदिसम्म भएतापनि पानी बारासम्म मात्र पुग्छ।

पानी रौतहटसम्म जादैन। जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक सहायक महेन्द्र कुशवाहाका अनुसार एक सातामै पर्साका गहुँबाली सिँचाइ गर्न भइहाल्छ। तर गण्डक नहरमा ढिलो आउने पानीले किसानले समयमा बाली सिँचाइ गर्न पाउँदैनन । जसले उत्पादकत्वमा ह्रास आउने उनको अनुमान छ।

पर्सामा यसपालि करिब २६ हजार हेक्टरमा गहुँबाली लगाइँदैछ। जसमध्ये गण्डक नहरको दक्षिणी क्षेत्रका गाविसहरुका किसान पूरै गण्डक नहरको पानीमा आश्रित हुन्छन् भने उत्तरी क्षेत्रका किसानहरु आकाशे पानी र भूमिगत जलस्रोत सिँचाइबाट बालनाली सिँचाइ गर्दै आएका छन्। पर्सामा करिब १७ हजार हेक्टर जग्गामा गहुँबाली लगाउने किसान गण्डक नहरको पानीको भरमा खेती गर्छन्।

त्यस्तै गण्डक नहरको पानीले बाराका करिब १५ हजार हेक्टर जग्गा सिँचित हुने जिल्ला कृषि विकास कर्यालयका प्राविधिक सहायक राजबशी चौरसियाले बताए।पर्सा, बाराका किसानहरुले गण्डक नहर मुख्य कार्यालय रामनगर भारतको अधिकारीसंग नेपाल सरकाले यथासिघ्र सवाद थाली समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका