Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जाडोमा गर्नै नहुने ७ काम – Gaule Khabar

जाडोमा गर्नै नहुने ७ काम

जाडोमा गर्नै नहुने ७ काम

चितवन,मंसिर २०-

जाडो मौसम सुरु भएसँगै रुघाखोकी, ज्वरो आदि लाग्ने जोखिम बढ्छ । यस्ता रोगबाट बच्न र जाडोमा स्वस्थ रहन यस्ता काम गर्नु हुँदैन :

चिया–कफी बढी खानु
जाडोमा तात्तातो चिया–कफीले फाइदा गर्ला भन्ने सोच्ने गर्नुभएको छ भने आजैदेखि सोचाइ बदल्नुस् । ज्यादा चिया–कफी खाने गर्नुभयो भने शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ, जसले गर्दा शरीर पूरै ‘डिहाइड्रेटेड’ हुन्छ । चिया–कफीको सट्टा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नुपर्छ ।

पानी कम खानु
जाडोमा पानी खान गर्मीमा जसरी मन लाग्दैन । किनकि, जाडोमा प्यास लागेको महसुस त्यति हुँदैन । तर पानी पर्याप्त खाइएन भने शरीर ‘डिहाइड्रेटेड’ हुन्छ, जसले गर्दा कब्जियत, छाला फुस्रो हुने, ओठ फुट्ने आदि समस्या देखा पर्न थाल्छन् । पानी कम भयो भने किड्नी पनि राम्रोसँग क्रियाशील हुन पाउँदैन ।

घाम बढी ताप्नु
जाडोमा घाम प्रिय हुन्छ भन्दैमा घण्टौँसम्म घाम ताप्ने गर्नु हुँदैन । आधा अथवा पौने घण्टाभन्दा बढी समय लगातार घाम ताप्नु हुँदैन । जाडोको मौसममा घामको किरणबाट जोगाउने मेलानिनको तह छालामा कम हुने भएकाले बढी समय घाम ताप्नुभयो भने छाला डढ्ने समस्या हुन्छ । जाडोमा बाहिर निस्कँदा सन्स क्रिम अनिवार्य लगाउनुपर्छ ।

बढी सुत्नु
जाडोमा बिहानीपख न्यानो बनाइराखेको सिरक फालेर उठ्न अल्छी लाग्छ । जाडो मौसममा रात लामो हुने भएकाले हामी बेलुका छिटो सुत्छौँ र बिहान ढिलो उठ्न खोज्छौँ । दिउँसो फुर्सद मिल्यो भने सिरकभित्र घुस्रिन पुग्छौं । तर, यसरी बेला न कुबेला सुत्दा निद्राको रुटिन भंग हुन्छ र यसले अनेक खालका स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढ्छ ।

मास्क नलगाई बाहिर निस्कनु
जाडो मौसममा खासगरी बढी चिसो हुने बिहान र साँझपख वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशील हुन्छन् । साथै, धुलोका कण पनि बिहान–बेलुका वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । त्यही भएर मास्क नलगाई बिहान–बेलुका घरबाहिर निस्किने गर्नुभएको छ भने यसले श्वासप्रश्वास, छालासम्बन्धी रोग लाग्ने जोखिम बढाउँछ ।

न्यानो कपडाविना बाहिर निस्कनु
फेसनेबल देखिन जाडोमा समेत बाहिर जाँदा न्यानो लुगा नलगाउने, गला नछोपिने कपडा लगाउने स्वभाव कसै–कसैको हुन्छ । एकैछिनका लागि त बाहिर जाने हो भनेर पातलो कपडा लगाएर केही बेरका लागि बाहिर निस्कने बानी पनि हुन्छ । यस्तो गर्नु हुँदैन । यस्तो गर्नाले रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने अथवा नसामा रगत जम्ने समस्या उत्पन्न हुन सक्छ ।

तातो पानीले बढी समय लगाएर नुहाउनु
तातो पानी उपलब्ध छ भन्दैमा जाडो मौसममा बढी समयसम्म नुहाउनु हुँदैन । किनकि, तातो पानीले बढी समय लगाएर नुहाउने गरियो भने छालामा रहेको म्वइस्चराइजेसन कम हुन्छ र छाला फुस्रो बन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका