ट्रकले ठक्कर दिदा वृद्धाको मृत्यु

ट्रकले ठक्कर दिदा वृद्धाको मृत्यु

ज्ञानु पंगेनी,
नवलपरासी, मंसिर २०–

नवलपरासीको गैंडाकोट नगरपालिका–८ बिजय चोकमा आईतबारराती ट्रकले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ आउदै गरेको लु १ ख ४४८४ नम्बरको ट्रकले पैदल यात्रि बाग्लुङ जल्ला जैनी २ बस्ने बर्ष ७४ की बिना पार्वता ढुङगानालाई ठक्कर दिदा उनको ज्यान गएको हो ।

दुर्घटनामा गम्भिर घाईते हुनुभएकी ढुङगानाको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय रजहरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ