Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हिमालपारिका जिल्लामा ऋणात्मक तापक्रम – Gaule Khabar

हिमालपारिका जिल्लामा ऋणात्मक तापक्रम

हिमालपारिका जिल्लामा ऋणात्मक तापक्रम

पोखरा, मंसिर २० – हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा केही दिन यता चिसो बढ्दै गएको छ ।

चिसो बढेसँगै जिल्लाका माथिल्लो भेगमा बस्ने सर्वसाधारण जाडो छल्नका लागि तलतिर झर्ने क्रम बढेको छ । मनाङको सदरमुकाम चामेमाथिका उच्च पहाडी भूभागमा यतिखेर तापक्रम ऋणात्मक सात डिग्री पुगिसकेको मनाङका प्रजिअ गञ्जबहादुर एमसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपल्लो मनाङमा पिसाङ, घ्यारु, ङावल, भ्राका, मनाङ, टङ्की मनाङ र खाङ्सार गाविस छन् । चिसोका कारण ठाउँ ठाउँमा पानी जम्न सुरु भइसकेको बताइएको छ ।

उपल्लो मुस्ताङका स्थानीयवासी जाडो छल्न तलतिर आउने क्रम बढिरहेको मुस्ताङका स्थानीय विकास अधिकारी हरि बास्तोलाले जानकारी दिनुभयो । सदरमुकाम जोमसोममा यतिखेर बिहान तथा राति लगभग ऋणात्मक चार डिग्री सेन्टिग्रेड तथा उपल्लो मुस्ताङमा ऋणात्मक पाँच डिग्री सेन्टिग्रेड तापक्रम पुगेको बताइएको छ ।

उपल्लो मुस्ताङमा लोमान्थाङ, छोसेर, चराङ, छोनुप, घमी र सुर्खाङ पर्छन् । जाडो बढेसँगै मुस्ताङमा जाने पर्यटकको सङ्ख्यामा कमी आएको होटल सञ्चालक बताउँछन् । होटल ग्रान्ड साम्वालाका प्रोप्राइटर सुरज गुरुङका अनुसार मुक्तिनाथ क्षेत्रमा यतिखेर तापक्रम ऋणात्मक पाँच डिग्रीमा झरेको तथा धारामा पानी जम्ने क्रम सुरु भएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका