Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीको भटमास र बोडिले बजार पाएन – Gaule Khabar

नवलपरासीको भटमास र बोडिले बजार पाएन

नवलपरासीको भटमास र बोडिले बजार पाएन

ज्ञानु पंगेनी

नवलपरासी , मंसिर २० –

भटमास र बोडि नवलपरासीको विकट पहाडि गाविस रकुवाको मुख्य खेती हो ।तर,त्यहां उत्पादित भटमासले उचित बजार नपाउदा र यातायतको समस्याले गर्दा स्थानीयले चामलसंग साट्न वाध्य भएका छन् । विषेशगरि रकुवाको समथर (फाट) रहेको बांझोवारीमा अन्य खेतीको तुलनामा भटमास र बोडि खेती राम्रो हुने गरेको छ ।

स्थानिय पुर्ण प्रसाद अधिकारीले आफ्नो १२ रोपनी खेतमा भटमास र बोडि लगाएका छन् । आफुले उत्पादन गरेको भटमास र बोडि ( दाना) चामलसंग साट्ने गरेको उनले बताए । एक सिजनमा ६ देखि ८ मुरीसम्म भटमास उत्पादन हुने गरेको उनले बताए । भटमास चामलसंग सरी ( एक पाथी चामलको एक पाथी भटमास ) र बोडि दुनी ( एक पाथी बोडि दिएर दुई पाथी चामल) संग साट्ने गरेको उनको भनाई छ ।यातायातको कारण बजारसम्म ल्याउन गाह्रो हुने भएकाले आफुहरुले चामलसंग साट्न वाध्य भएको उनले सुनाए ।

यस्तै रकुवाका अर्का किसान विष्णु वहादुर विश्वकर्माले पनि उत्पादन गरेको भटमास र बोडि चामलसंग नै साट्ने गरेको बताए । तनहुको भिमाद र पाल्पाको रामपुरबाट आउने व्यापारीहरुले चामलसंग भटमास र बोडि साट्ने गरेका छन् । विश्वकर्माले वर्षमा करिव ६ मुरी भटमास र बोडि उत्पादन गर्ने गरेका छन । त्यसरी उच्पादन भएको भटमास र बोडि पैसामा बेच्दा हुन्छ । तर यातायातको सुविधा नहुदा गाउं पुग्ने व्यपारीसंग चामलमै साट्नु पर्ने बाध्यता उनले सुनाए । उनले भने “कावासोती, दलदले, चितवन लगाएतका बजार पुर्याउन सक्ने भने फाईदा हुन्थ्यो । तर, यातायातको सुविधानै छैन् । खर्चनै बढि हुन्छ त्यहां पुर्याउदा, त्यसैले यही आउने व्यपारीलाई बेच्छौ ।”

पछिल्लो केहि समय देखि चामलसंग भटमास र बोडि साट्ने व्यपारीपनि गाउं आउन छाडेपछि अझ समस्या थपिएको स्थानीय सिता पाटाले बताईन् । व्यापारी नआएपछि घरमा नै थन्काउनु परेको उनले बताईन् । सिचाईको सुविधा नभएको सो स्थानमा अन्य खेती राम्रो हुदैन् । उत्पादन भएको भटमास र बोडि पनि घरमै थन्काउनु पर्ने अवस्था आएपछि स्थानीय कृषक थप चिन्तित भएका छन् । २ वर्षअघिसम्म एक पाथी भटमासको डेढपाथीसम्म चामल दिने गरेको भए पनि गतवर्षबाट बराबरीमा साट्न थालेको सीताले बताईन ।

भटमास नगदेवाली भएपनि पछिल्लो दुई बर्ष यता भटमासले बजार पाउन गाह्रो भएको व्यपारी चित्रसिंह पाटा मगरले बताए । दाङ्ग र बाग्लुङ्गबाट आउने भटमासले रकुवाको भटमास बोडि बिस्थापित भएको पाटाको भनाई छ । गत बर्ष रकुवाबाट चार सय क्वीन्टल भटमास संकलन गरेका पाटाले गत वर्ष संकलित भटमास बोडि बेच्न बजारको समस्या भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका