नेपालगन्जमा मिस्टर एण्ड मिस प्रतियोगिता हुदै

नेपालगन्जमा मिस्टर एण्ड मिस प्रतियोगिता हुदै

नेपालगन्ज मंसिर, २०  –

नेपालगन्जमा ‘मिस्टर एण्ड मिस मोडल नेपालगन्ज २०१७’ आयोजना हुने भएको छ । ग्लोबल वेष्टर्न सिनेमाटोग्राफी प्रा.लीले पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो ।

नेपालगन्जको उदाउँदो मोडलिङ क्षेत्रलाई मध्यनजर गर्दै विभिन्न १० विधामा प्रतिस्पर्धा गराई कम्तीमा पनि ५० जना प्रतिस्पर्धीको बीचमा मिस्टर एण्ड मिस मोडल नेपालगन्ज २०१७ आयोजना गर्न लागिएको ग्लोबल वेष्टर्न सिनेमाटोग्राफी प्रा.लीका कार्यकारी निर्देशक यम लामिछानेले जानकारी दिएका छन् ।

उक्त प्रतिस्पर्धामा मध्य र सुदुरपश्चिमका जुनसुकै जिल्लाबाट पनि प्रतिस्पर्धिले भाग लिन पाउने उनले बताए । डिसेम्बर २० तारिखबाट ट्रेनिङ सुरु भई अंग्रेजी नयाँ वर्ष २०१७ को पुर्व सन्ध्यामा हुने उक्त प्रतिस्पर्धामा ख्याती प्राप्त राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति पनि रहने संस्थाका अध्यक्ष केपी भण्डारीले जानकारी दिए ।

प्रतिस्पर्धीलाई ¥याम्प वाक ट्रेनिङ, क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास तालिम लागायतका विभिन्न ईन हाउस ट्रेनिङ दिने आयोजकले जनाएको छ ।

विजेतालाई नगद पुरस्कार सहित चलचित्र, म्यूजीक भिडियो, फेशन शो र कमर्शियलमा भाग लिने मौका प्रदान गरिने संस्थाका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ