नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन फागुनमै गर्ने निर्णय

नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन फागुनमै गर्ने निर्णय

गाउँले न्युज, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । कोरोना (कोभिड–१९) को संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि महाधिवेशन पहिला तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज (सोमबार) सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । प्रस्तावित नागरिकता विधेयक र केन्द्रीय महाधिवेशनको तालिकासम्बन्धी एजेण्डा राखेर असार १६ गतेदेखि कांग्रेस बैठक सुरु भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट अघि बढाएको नागरिकता विधेयक १६ गतेकै बैठकले फिर्ता लिनुपर्ने निर्णय गरेको थियो ।

महाधिवेशनका लागि नयाँ प्रस्तावित तालिकामा क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानविन प्रकृया सकेर मंसीर मसान्तभित्र सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने उल्लेख छ । पार्टीका अन्तरिम संरचनासमेत अझै समायोजन भइसकेका छैनन् । जसले महाधिवेशनको तयारी अघि बढाउन कठिनाई परेको छ । पुरानो राज्य संरचनाका आधारमा रहेको पार्टीका संरचनालाई समायोजन गर्न कांग्रेसले मंसिरदेखि नै सुरु गरेको हो । २६ जिल्लाको समायोजन हुन अझै बाँकी छन् । समायोजन नभएका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य हुन सकेको छैन ।

बैठकले समायोजनको काम साउन १० गते भित्र सक्ने लक्ष्य लिएको छ । क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भादौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाईसक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।

क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ । क्रियाशील सदस्यताको छानविन गर्नेदेखि विवाद टुंग्याएर अन्तिम सूची निकाल्ने काम पार्टीद्धारा गठित छानविन समितिले गर्छ । तर, अहिलेसम्म त्यस्तो समिति बनेको भने छैन । मंसीर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने समय पनि कांग्रेसले तोकेको छ । त्यसपछि मात्रै वडा तहदेखि अधिवेशनको प्रकृया सुरु हुन्छ ।

महाधिवेशनको परिमार्जित तालिका

केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
जिल्लाका अधिवेशन ०७७ पुस १३
एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६

sourse:kantipur

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका