महायज्ञको प्रचार–प्रसारका लागि आज मोटरसाईकल र्याली

महायज्ञको प्रचार–प्रसारका लागि आज मोटरसाईकल र्याली

चितवन, मंसिर २०–

पूर्वी चितवनको जयमगंलामा हुन लागेको बृहत श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञको तयारी तिब्र पारिएको छ ।

रत्ननगर–१३ जयमंगलास्थित श्रीराम मन्दिर तथा श्रीराम वैदिक संस्कृत गुरुगुलमको संयुक्त आयोजनामा पर्सिदेखि हुन लागेको महायज्ञको उद्घाटन पूर्व आज आयोजकले बृहत धार्मिक मोटरसाईकल र्याली निकाल्दैछ ।

मन्दिर परिसरबाट सुरु हुने मोटरसाईकल र्याली पूर्वी चितवनका बिभिन्न क्षेत्रमा परिक्रमा गर्नेछ । महायज्ञ मुल समारोह समितीका संयोजक भेषराज दुवाडीका अनुसार (आज) विहान बिहान ७ बजे रत्ननगर–१३ जयमंगलास्थित राममन्दिर परिसरबाट बटुक सहितको १ सय भन्दा बढी मोटरसाईकलको र्याली शालघारी, कृष्ण प्रणामी मन्दिर, जिरौना चोक, सुर्यपुर चोक हुँदै खोलेसिमल बजारसम्म पुग्नेछ ।

त्यस्तै खोलेसिमल बजारबाट, भट्टचोक, माधबपुर स्कुल, टेकलालचोक, डुम्री चोक, सुब्बाचोक, हाईस्कुल हुँदै ¥याली टाँडी चोक पुग्नेछ । त्यस्तै टाँडी चोकबाट दुई नम्बर रोड बजार हुँदै पुरानो देबौली बजार, भक्तिनी बगैचाचोक, चित्रसारी हुँदै, सौराहा सम्म जाने आयोजकले जनाएको छ ।

सौराहाबाट बछ्यौली सेवा केन्द्र, गैडाचोक, हात्तिचोक, हुँदै पुनः चित्रसारी भएर मोहना, निपनीचोक, भानुचोक, शालघारी हुँदै पुन राममिन्दर परिसरमा आउने छ ।

यसअघि निर्धारण गरिएको केहि क्षेत्रमा बाटोको असहजताले रुट हेरफेर गरिएको समितीका संयोजक भेषराज दुवाडीले बताउनुभयो ।

¥यालीमा एम्बुलेन्स र सुरक्षाकर्मीको गाडी पनि सँग सँगै रहने उहाँले बताउनुभयो । धार्मिक ¥यालीलाई सहज पारिदिन तथा श्रद्धापुर्वक स्वागत गरि पनि त्यसक्षेत्रका भक्तालुलाई आयोजकले आग्रह गरेको छ ।

बिशेषतः संस्कृत बिद्यापिठ निर्माणका लागी महायज्ञ सञ्चालन हुन लागेकाले आसपासका नगरबासी, भक्तालु, उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले प्रचार प्रसारलाई प्राथमिकता दिईएको संयोजक दुवाडीले बताउनुभयो ।

त्यस्तै भोली कलश यात्राको कार्यक्रम रहेको मुल समारोह समितीका उपसंयोजक राम प्रसाद भट्टराईले जानकारी दिनुभयो । महायज्ञको उद्घाटनका लागी प्रमुख अतिथीका रुपमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि आउने पक्का भईसकेको आयोजकले जानकारी दिएको छ ।

पुर्वि चितवन क्षेत्रमा अहिलेसम्म कुनै पनि संस्कृत बिद्यापिठ नभएकाले राममन्दिर परिसरमा बन्न लागेको संस्कृत बिद्यापिठका लागी सरोकारवालाले सहयोगको तत्परता देखाएका छन ।
महायज्ञबाट संकलित रकमले हालको गुरुकुलमको कक्षा १० जोड २ सम्म स्तरोन्नति गर्ने, पुरानो ऐतिहाँसिक संरचनाको जिर्णोद्धार गर्ने, मन्दिर परिसरमा विवाह मण्डप र छात्रावास निर्माण गर्ने तथा गुरुकुलमका लागी छुट्टै आवास निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । ८ दिनसम्म चल्ने महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीको मुखारविन्दबाट कथा बाचन हुनेछ ।
महायज्ञ सम्पन्न गर्न ५ देखि ७ लाख खर्च लाग्ने र १ करोड भन्दा बढि आर्थिक संकलन हुने आयोजकको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ