Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जनचेतनामुलक कार्यक्रम शहरमा होइन, गाउँमा आवश्यक – Gaule Khabar

जनचेतनामुलक कार्यक्रम शहरमा होइन, गाउँमा आवश्यक

जनचेतनामुलक कार्यक्रम शहरमा होइन, गाउँमा आवश्यक

पुनम गौतम,
चितवन, मंसिर २०–

जनचेतनामुलक कार्यक्रमहरु शहर केन्द्रित नभई गाउँ केन्द्रित हुनुपर्ने भरतपुर उपमहानगरपालिका १ ठिमुराका स्थानियहरुले बताएका छन् ।
जिल्लामा हुने कार्यक्रमहरु शहर केन्द्रित भएकाले उनीहरुले गाउँ सम्म यस्ता खालका कार्यक्रमहरु पुर्याउन सकेमा कार्यक्रमको औचित्य हुने बताएका हुन् । लैङिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत बालविवाह, घरेलु हिंसा र मानव बेचविखन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै सहभागी स्थानियहरुले यस्तो बताएका हुन् । जिल्लाका शहरीया क्षेत्रहरुमा कार्यक्रमको आयोजना गरिएता पनि गाउँ केन्द्रित कार्यक्रमले थप प्राथमिकता नपाउँदा ग्रामिण क्षेत्र केन्द्रित कार्यक्रम गर्न उनीहरुले सुझाएका छन् ।
घरेलु हिंसाको पीडित सदस्य मानव बेचबिखान गर्ने दलालहरुको मुख्य केन्द्रमा रहेको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले बताउनु भयो छ । केटीहरुका लागि २० वर्ष उमेर पुरा भए मात्र विवाहको लागि योग्य हुने कानूनमा उल्लेख रहेको अभिवक्ता गोमा न्यौपानेले बताउनुभयो । त्यस्तै कोही व्यक्ति बैदेशिक रोजगारीको नाममा ठगिएमा पीडितले निशुल्क कानूनी सेवा लिन सक्ने व्यवस्था सरकारले गरेको जिल्ला बार यसोसियसनका सदस्य सूर्यबहादूर बोहोराले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका