Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतले भन्योः संविधान संशोधन प्रस्ताव ‘महत्वपूर्ण कदम’ – Gaule Khabar

भारतले भन्योः संविधान संशोधन प्रस्ताव ‘महत्वपूर्ण कदम’

भारतले भन्योः संविधान संशोधन प्रस्ताव ‘महत्वपूर्ण कदम’

काठमाडौं,मंसिर १९-

भारतले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक सबै पक्षका भावना संविधानमा समेट्नका लागि ‘महत्वपूर्ण कदम’ भएको प्रतिक्रिया दिएको छ ।

नेपालमा संविधान संशोधन प्रस्ताव दर्ता भएको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा भारतीय विदेश मन्त्रालयले उक्त प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयले निकालेको वक्तव्यमा संविधान संसोधन प्रस्तावको खुलेर स्वागत भने गरिएको छैन ।

गत बर्ष संविधान जारी हुँदा स्वागत समेत नगरी पाँच महिना नेपालमाथि नाकाबन्दी गरेको भारतले संविधानमा संसोधन गरी मधेशवादी दलका माग सम्बोधन गर्न नेपाललाई निरन्तर दबाब दिंदै आएको छ ।नेपालको संविधानप्रति भारतले राखेको निरन्तरको ‘रिजर्भेसन’ पछि सरकारले दोश्रो संविधान संशोधन प्रस्ताव संसद्‍मा गत साता दर्ता गरेको हो ।

भारतीय राजदूतको सक्रियता पछि मोर्चाले आफ्नो असहमति बाबजुत सरकाले दर्ता गरेको संबिधान संशोधनको प्रस्तावमा समर्थन गर्ने सम्भावना बढेको छ ।‘नेपालको शान्ति, स्थिरता र प्रगति भारत र नेपाल दुवैको हितमा छ भन्नेमा भारत दृढ छ । त्यसैले हामी नेपाल सरकारले संवैधनिक प्रक्रियाबाट संवादका माध्यमबाट समाजका सबै पक्षका भावनालाई सम्बोधन गर्न गरेको प्रयासप्रति सहयोगी बन्दै आएका छौँ’ वक्तव्यमा भनिएको छ ‘संविधानमा सबै पक्षका भावना समेट्ने प्रयास अन्र्तगत नेपाल सरकारले नोभेम्बर २९ मा संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक महत्वपूर्ण कदम हो ।’

विदेश मन्त्रालयले नेपालका सबै पक्षहरु यो प्रक्रियामा निकट रहुन् र यो प्रक्रिया सफलतापूर्वक टुंगोमा पुगोस् भन्ने भारतको चाहना रहेको उल्लेख गरेको छ ।‘एक निकट छिमेकी मुलुकका रुपमा भारतले नेपालको शान्ति, स्थिरता र तिव्रतर रुपमा आर्थिक विकासका लागि नेपाली जनता र सरकारको प्राथमिकता बमोजिम सबै खालका सहयोगलाई निरन्तरता दिनेछ,’ वक्तव्यमा भनिएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधनको प्रस्ताव प्रति असन्तुष्टी जनाउँदै आन्दोलन घोषणा गरेपछि अप्ठ्यारोमा परेको माओवादी-कांग्रेस गठनबन्धन सरकारले मधेशी मोर्चाको समर्थन खोजेको छ । यही पृष्ठभूमिमा भारतीय राजदूत रञ्जीत रे एकाएक सक्रिय भएका छन् ।

नेपालस्थित भारतीय राजदूतले शनिबार ‘लन्च बैठक’ मा मधेशवादी दललाई संविधान संशोधनमा समर्थन गर्न आग्रह गरेपछि मधेशी दल केही लचिलो हुने विश्वास प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएका छन् । मधेशी दलहरुसँग प्रधानमन्त्रीले शनिबार साँझ परामर्श गरेका छन् । त्यसलगत्तै भारतीय राजदूत रेले प्रधानमन्त्रीसँग वालुवाटारमा भेटेका थिए ।अन्नपूर्ण अनलाइनवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका