Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालगन्जमा चौथो मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने – Gaule Khabar

नेपालगन्जमा चौथो मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने

नेपालगन्जमा चौथो मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने

नेपालगन्ज मंसिर १९-

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा बाँकेको नेपालगन्जमा मंसिर २२ गते चौथो नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ ।केन्द्रले राजधानी वाहिरका चार क्षेत्रहरुमा आयोजना गर्न लागेको महोत्सव अन्र्तरगत नेपालगन्जमा पनि महोत्सव हुन लागेको हो ।

चलचित्रलाई व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न सामाजिक र सांस्कृतिक परिवर्तनको अभियानको रुपमा विकास गरिनुपर्छ भन्ने उद्देश्य राखेर स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले नेपाल मानव अधिकार अन्तर्रराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ ।

केन्द्रले सामाजिक, सांस्कृतिक, राजनीतिक र समाजमा विभिन्न रुपमा पछाडि पारिएका समुदायलाई लक्षित गरी उनीहरुका सवालहरुमा आधारित चलचित्र तथा बृत्तचित्र निर्माण गर्दै आएको छ । मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवलाई केन्द्रमा मात्र नभई जिल्ला र गाउँतहसम्ममा नै लैजाने उद्देश्यले केन्द्रले पूर्व इलामदेखि जुम्लासम्म विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपि)को आर्थिक सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोगको सहकार्यक्रमा बिस्तारित चौथो नेपाल मानवअधिकार चलचित्र महोत्सव इलाम, झापा जनकपुर र जुम्लामा हुदै छ ।त्यसै क्रममा मंसिर २२ गते नेपालगञ्जको सिद्धार्थ कटेजमा आयोजना हुन लागेको महोत्सबमा कमारो, ल्याण्ड अफ द लस्ट, अ गर्ल इन द रिभर र क्याण्डल इन द विण्ड प्रशर्दन हुने छ । उक्त सबै ठाउँमा प्रवेश निःशुल्क गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका