Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गुरुङ राष्ट्रिय परिषद्मा जंगबहादुर – Gaule Khabar

गुरुङ राष्ट्रिय परिषद्मा जंगबहादुर

गुरुङ राष्ट्रिय परिषद्मा जंगबहादुर

हेटौंडा, मंसिर १९–

गुरुङ राष्ट्रिय परिषद् (तमू ह्युल छोँज धीँ) मकवानपुर जिल्ला शाखाको नयाँ समिति चयन भएको छ । चौथो अधिवेशनले नयाँ समिति चयन गरेको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा जंगबहादुर तमुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा दिपक तमु, सचिवमा अमीर तमु, संगठन सचिवमा रमेश तमु, प्रचार सचिवमा नेत्रबहादुर तमु, कोषाध्यक्षमा सञ्जु तमु र सहकोषाध्यक्षमा बबिता तमु चयन भएका छन् । यस्तै सदस्यहरु चन्द्रबहादुर तमु, गोविन्द तमु, उर्मिला तमु, किकबहादुर तमु, पूर्णबहादुर तमु, सवनम तमु, सानु तमु, सरिता तमु, शोनी तमु र राजु तमु चयन भएका छन् । परिषद्का कार्यवाहक अध्यक्ष पुष्पबहादुर गुरुङको अध्यक्ष्ँता एवम् केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि रेशम गुरुङले जनजाति समुदाय नेतृत्वमा आउन नसकेको उल्लेख गर्नुहुँदै लोभलालचरहित भएर नेतृत्वले इमानदार हुनु जरुरी रहेको बताउनुभयो । जनजाति समुदायमा केही समयअघिसम्म नेतृत्व गर्ने व्यक्तिको अभाव रहने गरेको उल्लेख गर्नुहुँदै गुरुङले अहिले नेतृत्व क्षमता विकास हु“दै गएको औ“ल्याउनुभयो ।
केन्द्रीय अध्यक्ष गुरुङले अन्तरिम संविधान भन्दा २०७३ सालको नेपालको संविधन प्रतिगामी भए पनि संविधान जलाउनै पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । संविधान संशोधनमा भाषासम्बन्धी प्रस्ताव सकारात्मक भएको दावी गर्नुहुँदै अध्यक्ष गुरुङले राजनीतिक दलको नकारात्मक हस्तक्षेपले जातीय समूहलाई प्रभावित तुल्याइरहेको बताउनुभयो । गुरुङ राष्ट्रिय परिषद्को ६५ जिल्लामा शाखा रहेको, ४० वटा विभिन्न समाजहरु रहेको, विदेशमा १६ स्थानमा शाखा रहेको बताइएको छ । २३ वटा जिल्ला शाखा र २७ वटा समाजको आफ्नै भवन समेत रहेको जानकारी गराइएको छ ।
गुरुङ समुदायलाई संगठित गर्न अगुवाई गर्ने ४ जनालाई सम्मान समेत गरिएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुर जिल्ला समन्वय परिषद्का अध्यक्ष तीर्थबहादुर थापा मगर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय पार्षद् सुरेश श्रेष्ठ, नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, नेवा देय दवुका उपाध्यक्ष अनिल खड्गे लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका