Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सडक दुर्घटनामा दुईको मृत्यु – Gaule Khabar

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु

जनकपुर,मंसिर १९–

 

धनुषामा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जकपुर–ढल्केवर सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनमा उनीहरुको ज्यान गएको हो ।

प्रहरीका अनुसार,
–दुर्घटना क्षिरेश्वरनाथ नगरपालिका हरैयामा भएको हो ।
–ट्याक्टर चालक धनुषा मिथिला नगरपालिका २ नक्टाझिजका ३० वर्षका संजय कुमार महराको मृत्यु भएको छ ।
–ढल्केवर तर्फबाट जनकपुर तर्फ आउँदै गरेको ज १ त ६६८९ नम्बरको ट्याक्टर र सोहि दिशाबाट आउँदै गरेको ज १ च १२०२ नम्बरको स्कारपिओ अकआपसमा ठोक्किएका थिए ।
–दुर्घटनामा गम्भीर घाईते भएका ट्याक्टर चालक महराको उपचारको क्रममा जनकपुर अंचल अस्पतालमा मृत्यु भएको हो ।

उता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार

–जनकपुर–ढल्केवर सडख खण्डकै क्षिरेश्वर नगरपालिका रमदैया राजदेवी मन्दिर आगडी ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा एक मृत्यु भएको छ ।

गएराति जनकपुर तर्फ आउँदै गरेको ज १ त ३५२१ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको ज ४ प ९७७२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकका ज्यान गएको छ ।
–घरेलु तथा साना उद्योग धनुषामा कार्यरत्त लेखापाल सर्लाही ब्रहम्पुरी १ बस्ने ३५ वर्षका सरद कुमार दासको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका