Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माओवादी केन्द्र स्थानीय निकायको निर्वाचनमा केन्द्रित – Gaule Khabar

माओवादी केन्द्र स्थानीय निकायको निर्वाचनमा केन्द्रित

माओवादी केन्द्र स्थानीय निकायको निर्वाचनमा केन्द्रित

काठमाडौँ, मंसिर १९– नेकपा (माओवादी केन्द्र)ले स्थानीय निकायको निर्वाचनमा केन्द्रित गर्दै सङ्गठनात्मक संरचना तयार गर्ने भएको छ ।

सरकारले आगामी चैतको अन्तिम साता स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला निर्वाचनलाई नै केन्द्रित गरेर सङ्गठनात्मक संरचना एवम् नीति तथा कार्यक्रम तयार पार्ने तयारी गरिरहेको पार्टीले जनाएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने निर्णय गरेको हो ।

संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गर्नैपर्ने बाध्यात्मक अवस्था भएकाले बैठकले प्रमुख दलको सहमतिमा केही दिनभित्रै निर्वाचनको मिति तोक्ने तयारीमा जुटेको, त्यसका लागि पार्टीको सङ्गठनात्मक संरचना चुस्त दुरुस्त बनाउने र निर्वाचन केन्द्रित गर्ने विषयमा आफूलाई केन्द्रित गरेको थियो ।

शनिबार बसेको केन्द्रीय कार्यालय र पोलिटब्युरोको बैठकमा समेत निर्वाचनको मिति घोषणा गरेर जाने विषयमा नै छलफल भएकाले आज पुनःबस्ने पोलिटब्युरोको बैठकले त्यस सम्बन्धमा थप ठोस धारणा सार्वजनिक गर्ने छ ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले बैठकमा पोलिट्ब्युरोमा थप, आगामी स्थानीय तहको निर्वाचन लक्षित सङ्गठनात्मक कार्ययोजना लगायत विषयमा छलफल भएको जानकारी दिनुभयो ।

प्रवक्ता भुसालले भन्नुभयो, ‘‘आजको बैठक राजनीतिक विषयमा प्रवेश गरेन, पार्टीको आन्तरिक सङ्गठनात्मक विषयमा केन्द्रित रह्यो । पोलिटब्युरो सङ्ख्या र आगामी कार्ययोजनाबारे बैठकमा छलफल गरियो । अन्तिम निर्णय पोलिटब्युरो बैठकले गर्नेछ ।’’

यस्तै बैठकमा संविधान संशोधन प्रस्तावपछिको अवस्था र सरकारको कामकारबाहीका बारेमा समेत छलफल भएको थियो । पोलिटब्युरोको बैठक आज पुनः बस्नेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका