Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भरतपुरमा आजबाट सुविधा सम्पन्न सिटी बस सुरु, यस्तो छ रुट… – Gaule Khabar

भरतपुरमा आजबाट सुविधा सम्पन्न सिटी बस सुरु, यस्तो छ रुट…

भरतपुरमा आजबाट सुविधा सम्पन्न सिटी बस सुरु, यस्तो छ रुट…

चितवन, मंसिर १९–

ग्लोबल मेट्रो सिटी बस प्रा.लि.ले आज (आइतबार)देखी चितवनमा सुविधा सम्पन्न सिटी बस संचालनमा ल्याएको छ ।
आज एक औपचारिक समारोहकाबीच भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा निमित्त प्रमुख जिल्ला अधिकारी रामराजा सुवेदीले उद्घाटन गर्नुभयो ।
भरतपुर, नारायणगढ, गैंडाकोटमा रहेका उद्योगी व्यापारी तथा सामाजिक व्यक्तित्वहरुको अगुवाईबाट यस बस सेवा सुरु भएको हो । उद्घाटन समारोहमा बोल्दै ग्लोवल मेट्रो सिटी बस प्रा.लि.का अध्यक्ष बद्रीप्रसाद अधिकारीले सरकारको निती नियम भित्र रही व्यवस्थित ढंगले सार्वजनिक यातायात सेवा गर्दै सम्मानित पेशाको रुपमा यसलाई स्थापित गराउने बताउनुभयो । उहाँले ८ अर्ब भन्दा बढिको लगानीमा सुविधा सम्पन्न बस संचालनमा ल्याएको जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

city-bus-6

यस्तो छ सिटी बसको विशेषता

यस बसमा सिसि क्यामेराद्धारा निगरानी हुने छ । यससंगै बसमा महिला कर्मचारीको व्यवस्था गरिएको छ । मासिक यात्रा परिचय पत्र प्रवन्ध गरिनुको साथै सिटमा मोबाईल चार्ज सुविधा भएको । बालश्रम शोषणमुक्त हुनुको साथै अशक्त र जेष्ठ नागरिकलाई विशेष व्यवस्था गरिएको छ । महिलाहरुलाई पनि सम्मानका साथ सिटको व्यवस्था गरिएको छ । जताततै रोक्दै आएको बसहरुको विकृतिलाई हटाउँदै निश्चित रुटको निश्चित ठाउँमा रोकिने यस बसको अर्को विशेषता हो । साथै स्थानीय बसमा पहिलो पटक एलईडि टिभीको समेत व्यवस्था गरिएको छ ।

city-bus-4

हाल संचालन हुने यस्तो छ रुट

सिटी बस संचालनका लागि तीन वटा रुटहरु छुट्याइएको छ । जहाँ २५ वटा बस संचालन हुने छ ।

रुट नं.१ अन्तरगत भरतपुर बसपार्कबाट हाकिम चोक–क्यान्सर गेट– टाईगर चोक–धर्मचोक–बेलचोक–शहिदचोक–लायन्स चोक–चितवन मेडिकल कलेज, चौविसकोठी–हाकिम चोक– भरतपुर बसपार्क पुग्ने छ ।

रुट नं. २ अन्तरगत भरतपुर बसपार्क–जिल्ला प्रशासन कार्यालय हुँदै बाईपास रोड–दियालो बंगलाचोक, नारायणगढबाट पुलचोक–शहिदचोक–भरतपुर बसपार्क ।

रुट नं.३ अन्तरगत भरतपुर बसपार्कबाट हाकिमचोक हुँदै–चौविसकोठी–पुलचोक–गैंडाकोट–विजय चोक–मौलाकालिका हुँदै–नारायणगढ बसपार्क–बाईपास रोड–भरतपुर बसपार्क ।

city-bus-3

९ सय रुपैयाँमा महिनाभर चढ्न पाउने

सिटी बसमा यात्रुहरुलाई अर्को फाईदाको विषय छ । ९ सय रुपैयाँ तिरे महिनाभर सिटी बसमा चढ्न पाईन्छ । ९ सय रुपैयाँ तिरेपछि मासिक यात्रा शुल्क कार्ड पाईन्छ । यही कार्ड देखाएर जुनसुकै र परिवारका जोसुकै पनि महिनाभर यात्रा गर्न पाउने अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो । यो कार्ड महिना पुगेपछि कलर परिवर्तन गरिन्छ । यस्तै जुनसुकै ठाउँमा जान यस बसमा चढ्दा यात्रुहरुले १५ रुपैयाँ तिर्नुपर्ने छ ।

city-bus-5

city-bus-2

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका