Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अर्घाखाँची बन्द दिउँसो ३ बजेबाट खुल्ने – Gaule Khabar

अर्घाखाँची बन्द दिउँसो ३ बजेबाट खुल्ने

अर्घाखाँची बन्द दिउँसो ३ बजेबाट खुल्ने

अर्घाखाँची, मंसिर १९–

प्रदेश नं ५ बाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता भएपछि अनिश्चितकालीन बन्द भएको अर्घाखाँची आज अपराह्न ३ बजेदेखि खुल्ने भएको छ ।

पाँच दिनदेखिको बन्दले जनजीवनमा असर परेको सोमबार बिहान ११ बजेसम्म बन्द तथा आम हडताल फिर्ता लिइएको सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताउनुभयो ।

बन्दका कारण सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न सकेका छैनन् । बजार, उद्योगधन्दा तथा कलकारखाना ठप्प छन् ।

बन्दका कारण रोकिएको विद्यालयको अर्धवार्षिक परीक्षा मङ्गलबारदेखि सञ्चालन गर्न दिइने निर्णय भएको छ । बन्दप्रति उद्योग वाणिज्य सङ्घ, प्याब्सन, नेपाल पत्रकार महासङ्घ र अन्तरपार्टी महिला सञ्जालको पनि ऐक्यबद्धता छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका