Gaule Khabar
सोमवार, साउन २३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

चितवनमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जल्यो

  • admin
  • आइतवार, मंसिर १९, २०७३
चितवनमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जल्यो

चितवन,मंसिर १९-

संविधान संशोधनको विरोधमा उत्रिएका नेकपा एमालेका कार्यकर्ताले आज चितवनमा प्रधानामन्त्रीको पुत्ला जनाएका छन् ।एमालेको युवा र विद्यार्थी संगठनहरुले नारायणगढमा प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला जनाएका हुन् । विरेन्द्र क्याम्पस चोकवाट सुरुभएको प्रर्दशन पुल्चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रर्दशनमा सहभागी युवा विद्यार्थी प्रधानमन्त्रि प्रचण्ड विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।कोणसभालाई एमाले सचिव पार्वती रावल र अखिल उपाध्यक्ष धिप्पन भण्डारीले सम्वोधन गरेका थिए ।संविधान संशोधन विधेयक राष्ट्रघाती भएको दाबी गर्दै एमालेका युवा र विद्यार्थी संगठनले बुधबारदेखि नै सडक आन्दोलन चर्काएका छन् ।

akhil chitwan

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ