Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्राधिकरण भित्रको प्वाँल टाल्दा खञ्चुवाहरुमा छटपटीः उर्जामन्त्री – Gaule Khabar

प्राधिकरण भित्रको प्वाँल टाल्दा खञ्चुवाहरुमा छटपटीः उर्जामन्त्री

प्राधिकरण भित्रको प्वाँल टाल्दा खञ्चुवाहरुमा छटपटीः उर्जामन्त्री

काभ्रे (कुन्तावेशी), मंसिर १८–

उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लोडेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरुमाथि कार्वाही शुरु भएको बताउनुभएको छ ।
काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैठौं साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिँदै उहाँले यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । उर्जा मन्त्रालयले विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रबार लिखित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुमाथि थप कार्वाही गर्ने मन्त्रालयको तयारी छ ।
उर्जामन्त्री शर्माले विद्युत प्राधिकरणभित्र परेको प्वाँल टालेको कारण केही व्यक्तिहरुमा छटपटी बढेको भन्दै त्यस्तो छटपटी अझ बढाईदिने चेतावनी दिनुभयो ।
“बिजुली चुहिने प्वाँल प्राधिकरणभित्रै परेको रहेछ, मैले त्यो प्वाँल टाल्न लगाएँ, त्यसपछि मात्र लोलसेडिङ हटाउन सकियो ।” मन्त्री शर्माले प्राधिकरणभित्र खान पल्केकाहरुको हर्कतविरुद्ध आफु कठोर भएर प्रस्तुत हुने चेतावन िदिनुभयो । आफु उर्जा मन्त्री हुँदा लोडसेडिङको ग्रहुँगो भारी बोकेर गएको तर अहिले थोरै हल्का महशुस भएको अनुभव सुनाउदै उहाँले देशभर लोडसेडिङ हटाउने योजना बनाइरहेको जानकारी दिनुभयो ।
अर्को एक प्रसंगमा उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीयता विरोधी आन्दोलन गरिरहेको बताउनुभयो । उहाँले संविधान संशोधन प्रस्ताव राष्ट्रलाई एकतावद्ध बनाउने प्रस्ताव भएको भन्दै मन्त्री शर्माले त्यसको विरोध गरेर एमालेले चुनावी राजनीति गर्न खोजेको बताउनुभयो । संविधान संशोधन प्रस्तावमा राखिएको ५ नम्बर प्रदेश एमाले र काँग्रेसले तयार गरेको प्रस्ताव अनुसार नै गरिएकोले त्यसको विरोध गर्नु औचित्यहीन भएको टिप्पणी गर्नुभयो । “एमाले संविधान कार्यान्वयन नदिने र संघीयता असफल पार्ने खेलमा लागेको छ” उहाँको भनाइ थियो । एमाले र मधेशवादी दलहरु मिलेर संविधान संशोधनको साझा प्रस्ताव ल्याए सरकारलाई मान्य हुने बताउनुभयो ।
मन्त्री शर्माले संविधानले देशलाई समाजवादमा लैजाने परिकल्पना गरेकोले सहकारीले आम जनतालाई समाजवादतर्फ अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सहकारीलाई पनि पार्टी संगठन चलाएजस्तो गरी चलाउने गरिएकोले सफलता पाउन नसकिएको तर्क गर्नुभयो । सहकारीलाई सहकारीकै सिद्धान्तअनुसार संचालन गरेर यसलाई जनतामा समाजवादी चेतना अभिवृद्धि गर्ने र समाजवादी संस्कृति फैलाउने साधनका रुपमा प्रयोग गर्नुपर्ने उहाँको धारणा छ ।
कार्यक्रमका सहभागीहरुले विद्युत महशुल बुझाउने सन्दर्भमा उपभोक्ताले अनेकथरि समस्या भोग्नुपरेको गुनासो गरेका थिए । माओवादी जनयुद्धको बेलादेखि नै विद्युत महशुल भुक्तानीमा समस्या रहँदै आएको थियो । त्यतिवेला माओवादीहरुले विद्युत महशुल नतिर्न उपभोक्ताहरुलाई आव्हान गरेका थिए । उक्त आव्हान बमोजिम धेरैजसो स्थानीयले विद्युत महशुल बुझाएका थिएनन् । उपभोक्ताहरुले २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएयताको महशुल मात्र बुझाउने अडान लिएका छन् । त्यसअघिको विद्युत महशुल मिनाहा गर्नुपर्ने उनीहरुले माग गरेका छन भने सरकारले यसवारे ठोस निर्णय गरेको छैन ।
माओवादी जनयुद्धको क्रममा २०५९ जेठ २२ गते काभ्रे र सिन्धुलीको सिमानामा पर्ने नेपालथोकमा सेनाको गोलीबाट मारिएका कृष्ण बहादुर विष्ट रसकमलको नाममा स्थापित यस सहकारी संस्थामो ५ सय २९ शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पूँजी १८ लाख ९९ हजार २ सय रहेको छ । संस्थाको बचत रकम ३५ लाख ७२ हजार ३ सय १३ रहेको छ भने ८५ लाख ४५ हजार २ सय १८ ऋण प्रवाह गरेको अध्यक्ष निरञ्जन विष्टले जानकारी दिनुभयो ।
सहकारीको कार्यक्षेत्रअन्तरगत देउपुर गैरीविसौना, देउपुर नयाँगाँउ, चण्डेनी मण्डन, जैसीथोक मण्डन, महादेवस्थान मण्डन गाविस पर्दछन् । ‘मन–मनमा हर्ष र खुशी, घर–घरमा रसकमल स्मृति’ भन्ने नारासहित २०६७ सालमा स्थापित यस सहकारी नाफामा चलिरहेको शेयर सदस्य गोकुल डोटेलले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका