लियो दिवसको अवसरमा नारायणी किनारमा सरसफाई

लियो दिवसको अवसरमा नारायणी किनारमा सरसफाई

चितवन, मंसिर १८–

अन्तराष्ट्रिय लियो दिवसको अवसरमा लियो क्लव अफ नारायणगढ चित्रवनले नारायणी नदी किनारमा सरसफाई कार्यक्रम गरेको छ ।
आज (शनिबार) विहान एक धेरै भिडभाड हुने नारायणी नदी किनारमा सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा लियो जिल्ला परिषद् ३२५ बी टु टेलट्वीस्टर हिमाल काफ्ले रहनु भएको थियो भने डिष्ट्रिक्ट डाईरेक्टर प्रवेश गौतम, रिजन कोर्डिनेटर मनोज खड्कालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष विकास पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । लियो दिवस यही डिसेम्बर ५ तारिखका दिन मनाईदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ